• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

एस.पी.ए कलेजमा अध्ययनरत नितिका रजत पदक जित्दै अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडमा छनोट

धनगढी, १९ फागुन /  कैलाली धनगढीको एस,पी.ए कलेजमा कक्षा ११ मा व्यवस्थापन संकाय अध्ययनरत छात्रा नितिका अवस्थीले नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को राष्ट्रिय चरणमा रजत पदक जित्दै सिंगो सुदूरपश्चिमको गौरव बढाएकी छिन्।

फेब्रुअरी २८ देखि मार्च २ सम्म काठमाडौँमा आयोजित नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ को छैटौँ संस्करण मा देशभरका १०० उत्कृष्ट विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। उनीहरू १४ विभिन्न क्षेत्रीय केन्द्रहरूबाट छनोट भएका थिए, जहाँ १८५ विद्यालय र कलेजका १,०८४ विद्यार्थीले भाग लिएका थिए।

नितिकाले रजत पदक जित्दै जुलाई ३ देखि ६ सम्म अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने अस्ट्रेलासियन इकोनोमिक्स ओलम्पियाड (अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाड) मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्।

नेपाल इकोनोमिक्स ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटाले प्रतियोगितामा विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शन प्रति प्रशंसा व्यक्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सक्ने प्रतिभाहरू तयार भइरहेकामा खुसी व्यक्त गरे।

धनगढी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनु नै ठुलो अवसर रहेको र यसले भावी पुस्तालाई प्रेरित गर्ने भन्दै एस.पी.ए. कलेजका प्राध्यापकहरूले नितिकाको सफलतालाई कलेजका लागि गौरवपूर्ण क्षण भएको भन्दै बधाई दिएका छन् ।

नेपालका उज्ज्वल विद्यार्थीहरू आर्थिक सिद्धान्त, विश्लेषणात्मक क्षमता र समस्या समाधान जस्ता विषयमा दक्षता हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन्। नितिकाको यो सफलता पनि नेपालको आर्थिक शिक्षामा नयाँ उचाइ स्थापित गर्ने मार्गमा महत्त्वपूर्ण योगदान हुनेछ।

सोमबार, फागुन १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.