बाजुरा १३ फागुन । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर २ का ३ वटा विद्यालयका विपन्न विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा न्यानो लुगा वितरण गरिएको छ ।
बडीमालिका नगरपालिका वडा नम्वर २ को समन्वय र अमेरिकी नागरिक जिम्मेरी वरेलीको सहयोगमा वडाभित्रका ३ वटा विद्यालयका ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा न्यानो लुगा वितरण गरिएको वडा नम्वर २ का वडा अध्यक्ष डम्वरबहादुर महतले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सत्यवादी माविका २ सय ७४, विपि आधारभुतका ३४ र कैलाश आधारभुत विद्यालयका १० गरी ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई चिसो छल्न विद्यालय पोशाक तथा न्यानो लुगा वितरण गरिएको हो । ३ वटै विद्यालयका विद्यार्थीहरुलाई बडीमािलका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, २ का वडा अध्यक्ष डम्बरबहादुर महतले विद्यालय पोशाक तथा न्यानो लुगा वितरण गरेका हुन् ।