बाजुरा, ९ फागुन । बाजुराको सदरमुकाम मार्तडीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्थानीय व्यवसायी तथा फेन्सी पसल सञ्चालकहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा कर सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
आर्थिक वर्ष २०८१र८२ को कर शिक्षा अन्तरक्रिया कार्यक्रमका प्रशिक्षक कर अधिकृत झलक ब। बुढाले करदाताले पाउने सेवा(सुविधाका विषयमा जानकारी गराएका थिए। कार्यक्रममा कर प्रणाली, कर भुक्तानी प्रक्रिया, व्यवसायिक कर सम्बन्धी कानुनी प्रावधान तथा करदाताका हक र कर्तव्यबारे प्रशिक्षण प्रदान गरिएको थियो।
उद्योग वाणिज्य संघ, बाजुराका अध्यक्ष देव ब. रोकायाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि करदाता सेवा कार्यालय, साँफेबगर, अछामका प्रमुख झलक ब। बुढा रहेका थिए। कार्यक्रममा विभिन्न व्यवसायी तथा व्यापारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन उद्योग वाणिज्य संघका सचिव राम ब। साहिले गरेका थिए।
