धनगढी, ३ फागुन / बैतडी समाज कैलाली धनगढीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। समाजले सुदूरपश्चिम सरकारका निवर्तमान मुख्यमन्त्री तथा कानुनमन्त्री लगायतका व्यक्तिहरुको उपस्थितीमा साधारण सभासँगै १४ औँ बृहत रक्तदान महोत्सव कार्यक्रम गरेको छ।
वैतडी समाजका अध्यक्ष माया प्रकाश भट्टको अध्यक्षतामा सुरुभएको साधारण सभामा सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल , निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट लगायत बैतडी समाजका पदाधिकारी र दशरथ चन्द बैतडी विद्यार्थी समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

साधारण सभा पछि बैतडी समाजले गरेको बृहत रक्तदान महोत्सवमा ५४ जना रक्तदाताले रगत दान गरेको समाजका सचिव लोकेश भट्टले बताए । बैतडी पुर्ख्यौली घर भई हाल कैलालीमा बसोबास गर्दै आएका बैतडी बासीले २०७५ सालमा स्थापना गरेको समाजले विगत देखि समाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि सामाजिक सेवाका कार्य गर्ने वैतडी समाजका अध्यक्ष माया प्रकाश भट्टले प्रतिबद्धता गरे ।
साथै आजसम्म समाजका विभिन्न कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग अपेक्षा गरेको समाजका अध्यक्ष भट्टले वताए।
