धनगढी,२९ माघ । बनबेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समिती, गौरीगंगा-६, दैद्वारी, बनबेहडाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। समितिका अध्यक्ष प्रकाश बहादुर खडकाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा-६ का अध्यक्ष टेक बहादुर कुँवर रहनुभएको थियो।
विशिष्ट अतिथिमा वडा-३ का सदस्य धनिराम आचार्य र खानेपानी डिभिजन कार्यालय धनगढीका कृष्ण भट्ट रहनुभएको थियो। अन्य अतिथिहरूमा बिणा ग्रामीण विद्युत सहकारी संस्था अध्यक्ष पुरन सिं कडायत, रानिफाँटा सामुदायिक वन समिति अध्यक्ष चक्र बोगटी, समाजसेवी यकम छेडाल, सिद्ध कँडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा समितिद्वारा स्थापनाकालदेखि अहोरात्र खटिएर संस्थालाई सहयोग गर्ने तथा खानेपानी पाइपलाइन विस्तार कार्यमा योगदान पुर्याउने २६ जनालाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो।
हालसम्म समितिले ५४९ धारा जडान गर्दै गौरीगंगा-३, कुचैनिमा पनि खानेपानी विस्तार गरिसकेको छ। संस्थाको आ.ब. २०८०र०८१ को १४,९६,६०८.६७ रुपैयाँ बराबरको आय-व्यय विवरण कोषाध्यक्ष बिना चौधरीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य मेखराज जोशीले व्यक्त गर्नुभएको थियो भने सञ्चालन समितिका सचिव हेमन्त राज जोशी (बाजे) ले गर्नुभएको थियो।