धनगढी,२८ माघ । कैलालीको गोदावरी बाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । आइतबार राती पौने १० बजे गोदावरी नगरपालिका – ४ हनुमान मन्दिर नजिक सडकखन्डबाट प्रहरिले भन्सार छलिका अवैध सामान बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाको कमान्डमा खटिएको प्रहरी टोलिले १ लाख ४२ हजार बराबर का मोटरसाइकल का पाटपुर्जा, मोबाइलका पाटपुर्जा र उनी स्विटर धागो लगायतका सामान बराबद गरेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । बरामद गरिएका सामान कैलाली भन्सार कार्यालय पठाइएको प्रहरीले बताएको छ ।