धनगढी,२३ माघ । नेकपा एमाले कंचनपुरका उपाध्यक्ष जनकराज अवस्थीले सिमा विवादको विषयमा गृहमन्त्री मौन बसेको आरोप लगाएका छन् । दोधारा-चादनी नगरपालिका -८ स्थित धामी टोल क्षेत्रमा भारतीय पक्षले नेपाली भुमि अतिक्रमको प्रयास गर्दा समेत गृहजिल्ला समेत रहेका गृहमन्त्री रमेश लेखक मौन बसेको भन्दै नेता अवस्थिले आपत्ति जनाए ।
मंगलवार नेकपा एमाले कंचनपुरका अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनकराज अवस्थी, उपसचिब राजिव खड्का सहितका नेताहरू सिमाना विवादित क्षेत्रको अनुगमनमा पुगेका थिए ।
अध्यक्ष बुढाले दुवै देशका प्रशासन मिलेर सिमाना छुट्याएको भए विवाद नआउने बताइन् । जनतालाई सहजता पुर्वक लैजानुपर्ने बताउदै उनले दुवै देशका प्रशासन मिलेर सिमाना स्पष्ट रुपमा छुट्याइनु पर्ने अध्यक्ष बुढाले बताइन् । पार्टीले यसका लागि प्रशासनलाई घचघचाउने ,सिमाना सुरक्षीत गर्नका लागि सरकारको ध्यानाकर्षण गराउने उनले प्रतिवद्दता जनाइन ।
यस्तै , एमाले कन्चनपुरका उपाध्यक्ष अवस्थिले दशगजा क्षेत्रमा पटकपटक सिमाना विवाद हुदै आएको र नेकपा एमालेले पटकपटक आवाज उठाउदै पनि आएको बताए ।
उनले भने-ञप्रधानमन्त्री केपी शर्मा ओलीलाई यस अघि भेटेर पनि कन्चनपुरका सिमाना विवादका विषय समाधानको माग राखेका छौ, सरकारले कुटनैतिक ढंगले पहल गर्ने विश्वास लिएका छौ।
१६ नम्बर जङ्गे पिल्लर देखि सुन्दरबस्तिमा रहेको १७ नम्बर पिल्लरलाई सिमाना मानेर भारतीय पक्षले एकलौटी ढंगले सिमाना छुट्याउने कार्यदुस्खद भएको नेता अवस्थिले बताए ।
भारतीय पक्षले सुरक्षा फौज , ट्याक्टर ल्याएर नेपाली भुमी हडप्ने कार्यगरिरहेको अवस्थामा समेत आफ्नै गृह जिल्ला भएका गृहमन्त्री लेखक मौन बसेको भन्दै उनले आपत्ति जनाए । नेता अवस्थिले भारतको सिङ्गो प्रशासन आउँदा समेत गृहमन्त्री मौन बसेको भन्दै यसको घोर भत्सर्ना गरे ।
गृहमन्त्री र यहाको प्रशासन मौन बसेको देखियो उनले भने(ञकन्चनपुरका सिडियोले समेत दस गजाको पिल्लरलाई आधार मानेर भारतले आफ्नो तर्फको सिमाना छुट्याएको र नेपाल तर्फको नछुट्याएको प्रतिकृया दिए । जसले नेपाली भुमि असुरक्षित छ यो कदापि सह्य हुदैन।
कंचनपुरका सिडियो समेत सपेत झुट बोलेको भन्दै उनले यसमा प्रशासन गैरजिम्मेवार रहेको बताए । पुरानो गङ्गे पिल्लरको नक्सा बमोजिम अन्तर्राष्ट्रिय सिमाना बनाइनु पर्ने माग स्थानीयहरुले राखेका छन् ।
दोधाराचादनी नगरपालिका-८ का वडा अध्यक्ष ओमप्रकाश रोकायाले यहाँको प्रशासनको कमजोरीले यो समस्या निम्तिएको बताए । सिमाना छुट्याउन नेपालका तर्फबाट प्रशासन यहाँ क्षेत्रमा नपुग्दा अहिले यो क्षेत्रमा विवाद देखिएको उनले बताए । वडा नम्बर ८ को ४ किलोमीटर बढी भुभागमा विवाद कायम रहेको वडा अध्यक्ष रोकायाले बताए ।
वडा नम्बर ८ स्थित ७९६र३ को विवादित पिल्ललाई आधार मानेर सिमाना छुट्याइए त्यसको प्रतिकार गरिने स्थानीयहरुले चेतावनी दिएका छन् । स्थानीय गगन खत्रीले दुवै देशका विज्ञ टोली आएर सिमानाको व्याख्या गर्नु पर्ने बताए । यस क्षेत्रमा पहिले देखिनै भारतीय हरुले दवाद दिदै आएको बताए । भारतीय पक्षले एकलौटी ढंगले सिमाना छुट्याउदै आएको भएपनी नेपालका तर्फबाट सिमा समस्या समाधान गरिनु पर्ने उनले माग राखे ।
पुरानै जङ्गे पिल्लरको सिमानाका आधारमा सिमाना छुट्याइनु पर्ने यहाका स्थानीयहरुको माग छ । यहाँ सिमानाको लाइन सिधा नभएको अवस्थामा भारतीय पक्षको हेपाहा प्रवृत्ति सह्य नहुने भन्दै स्थानीयहरुले यसको कडा विरोधमा उत्रने चेतावनी समेत दिएका छन् ।