बाजुरा,२१ माघ । बाजुराको मार्तडीमा एक घरमा आगलागी भएको छ । जस्तापाताले छाएको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीले बताउनु भएको छ ।
जिल्लाको बुढीनन्दा नगरपालिका पाण्डुसैन घर भएका पशुपति थापा भोटको जस्ताले छाएको घरमा आगलागी भएको बुझिएको छ । आगलागी नियन्त्रण गरिसकेको छ भने । क्षति को बिबरण भने आउन बाँकि रहेको छ । आगलागीको कारण खेलेको छैन् ।