• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पुरैनी तालमा चराको सङ्ख्या घट्यो

धनगढी,२१ माघ । बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताल चरा अवलोकन गर्नेको गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । ताल क्षेत्रमा आहारा खोज्दै गरेका, उड्दै गरेका, तालमा जलविहार गर्दै गरेका चरा सहजै अवलोकन गर्न सकिन्छ । विद्यार्थी र संरक्षण समूहमा आवद्ध युवाहरु चरा हेर्नका लागि पुग्ने गरेका छन् । चराप्रति चासो राख्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै अनुसन्धानकर्ता पनि ताल क्षेत्रमा पुग्ने गरेको भुराकोटका स्थानीय दिनेश चौधरीले बताउनुभयो ।

“पहिले तालमा एकनासको पानी हुँदा चराको सङ्ख्या निकै बढी हुने गरेको थियो” उहाँले भन्नुभयो, “हाल ताल क्षेत्रमा बढ्दो अतिक्रमण र आहाराको कमीले चराको सङख्या घट्दै जान थालेको छ ।”

तालमा ५५ प्रजातीका जलपक्षी पाइने गरेका छन् । एकै तालमा धेरै प्रजातिका चरा फेला पर्ने शुक्लाफाँटा राष्ट्रिय बाहिरको यो ताल मात्रै रहेको छ । नेपाल पक्षी संरक्षण सङ्घ९विसिएन०का चरा विज्ञ हिरुलाल डगौराका अनुसार तीस बिघा क्षेत्रफलमा फैलिएको तालमा सिलसिले हाँस, नकटा, कुर्मा, लामऔंँले, जलअप्सरा, बगाले सीम कुखुरा, सानो जलेवा, सारस, घुँघिडीफोर गरुड, भुडिफोर गरुड, बकुल्लाका प्रजाती पाइने गरेका छन् ।

यसैगरी, कैले हाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनगजुरे हाँस, खडखडे हाँस, सुइरे पुच्छे, कल हाँस, मालक हाँसलगायत ताल क्षेत्रमा रहेको चरा विज्ञ डगौराले बताउनुभयो ।

रैथाने प्रजातीका जलपक्षी बाह्रैमहिना ताल क्षेत्रमा हेर्न पाइन्छन् भने आगन्तुक चरा हिउँदका बेला मात्रै ताल क्षेत्रमा रहने गर्दछन् । गर्मी समय सुरु हुन अगावै आगन्तुक चरा पुरानै साइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।

तालमा सन् २०१७ मा गरिएको सर्वेक्षणमा दुई हजार दुई सय जलपक्षी फेला परेका थिए । त्यसको नौ वर्षपछि सन् २०२५ मा आइपुग्दा चराको सङ्ख्या घटेर सात सय पाँच पुगेको छ । “ताल वरिपरीको सीमसार क्षेत्र प्रत्येक वर्ष मासिँदै जान थालेपछि केही वर्ष यतादेखि चरा ताल क्षेत्रमा कम मात्रामा देखिने गरेका छन्”चरा विज्ञ डगौराले भन्नुभयो, “विषादी प्रयोग गरी अवैध रुपमा चरा मार्ने कार्यले पनि संरक्षण गर्न चुनौती छ ।”

स्थानीय तहले ताल संरक्षण गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । चराको अवलोकन गर्न लागि केही वर्षदेखि ताल क्षेत्रमा आन्तरिक पर्यटकसमेत पुग्न थालेका छन् । नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी ताल संरक्षणका लागि प्रयास जारी रहेको बताउनुहुन्छ । “ताल क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने र जलकुम्भी हटाउनेबारे योजनावद्ध रुपमा अगाडि बढने योजना छ” उहाँले भन्नुभयो, “नगरपालिकाको कार्यपालिकामा प्रस्ताव राखेका छौंँ, कार्यान्वयन हुने विश्वास छ ।” रासस

सोमबार, माघ २१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.