धनगढी, २१ माघ / धनगढी ५ हसनपुरमा रहेको शितल एकेडेमीले सरस्वती पूजाको अवसर पारेर वक्तित्वकला प्रतियोगिता गरेको छ।एकेडेमीमा अध्ययनरत विद्यार्थीको सहभागितामा “नेपाली चाडपर्व” शीर्षक राखेर वक्तित्व कला प्रतियोगिता गरेको शितल एकेडेमीका सञ्चालक कुबेर निशानीले जानकारी दिए।
विद्यार्थीको वाक कलाको विकास गर्ने उद्देश्यले प्रतियोगिता गरिएको बताउँदै प्रतियोगितामा सहभागी भएका प्रतियोगी विद्यार्थीहरूलाई पुरस्कार सहित सम्मान गरिएको एकेडेमीका सञ्चालक निशानीले बताए ।साथै एकेडेमीले भव्य रुपमा सरस्वती पूजा समेत गरेको थियो ।
शितल एकेडेमी धनगढीले लामो समयदेखि अङ्ग्रेजी भाषा कक्षा र कम्प्युटरका आधारभूत देखि डिप्लोमासम्मका कक्षाहरू सञ्चालन गर्दै आएको छ।