• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

करारका कर्मचारीको भरमा करोडौँका योजना

धनगढी,१९ मंसिर । स्थानीय तहको पुनर्संरचना भएको सात वर्ष बितिसक्दा पनि दरबन्दी अनुसारका प्राविधिक र अन्य कर्मचारी नहुँदा करारका प्राविधिकका भरमा करोडौँ रुपियाँका योजना सम्पन्न गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । बैतडी जिल्लाका चार नगरपालिका र छ वटा गाउँपालिकाले ठुलो लगानी गरेर चिल्लो भवन तयार गरे पनि कर्मचारी नहुँदा कामकाज गर्न ७७६ जना करारका कर्मचारी भर्ना गरेका छन् ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये सदरमुकामको दशरथ चन्द नगरपालिका र नयाँ सहर आयोजना स्थल रहेको पाटन नगरपालिकामा करारका समेत इन्जिनियर छैनन् । दरबन्दीका इन्जिनियर नहुँदा तीन करोड रुपियाँका योजना अलपत्र परेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले बताउनुभयो । वडा कार्यालय चलाउनसमेत दरबन्दी अनुसारका सचिव नभएको उहाँले गुनासो गर्नुभयो । “करारका कर्मचारी र प्राविधिकका कारण योजना अलपत्र पर्ने गरेका छन्,” उपप्रमुख बोहोराले भन्नुभयो,

“नगरपालिकाको योजना शाखा नै प्रुमखविहीन बनेको छ । करारका कर्मचारी जिम्मेवार देखिएनन् । काम गराउनै मुस्किल हुन थालेको छ ।” २०५८ सालमा स्थापना भएको जिल्लाकै पुरानो दशरथ चन्द नगरपालिकामा हालसम्म दरबन्दीका इन्जिनियर पदस्थापन हुन सकेका छैनन् । दरबन्दीका इन्जिनियर नहुँदा सबइन्जिनियरले रातदिन काम गरेर योजना सम्पन्न गर्नुपर्ने बाध्यता रहेको प्रमुख प्रशासकीय अधिकृत नवीनचन्द्र पाण्डेयले बताउनुभयो ।

जनप्रतिनिधिले पनि कर्मचारी माग गर्न छाडेर मनलाग्दी आफू निकटका व्यक्तिलाई करारको कर्मचारीमा भर्ना गर्ने गरेको जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “करारका प्राविधिक कर्मचारी जनप्रतिनिधिको प्रभावमा परेर गुणस्तरीय काम गर्न सकिरहेका छैनन् । जनप्रतिनिधि पनि सकेसम्म दरबन्दीका स्थायी कर्मचारी नआइदिए हुन्थ्यो भन्ने मनस्थितिमा रहेका छन् । यस्तो पाराले दिगो विकास कसरी सम्भव होला रु चिन्ताको विषय बनेको छ ।”

सङ्घ र प्रदेश सरकारले रिक्त दरबन्दीको विवरण माग्दा अधिकांश स्थानीय तहले दरबन्दी नै लुकाउने गरेका छन् । यसअघि दशरथ चन्द नगरपालिकाले इन्जिनियरको दरबन्दी रिक्त भए पनि माग नगर्दा अहिलेसम्म दरबन्दी रिक्त रहेको छ । जिल्लाका १० वटा स्थानीय तहले करारमा मात्रै झन्डै आठ सय कर्मचारी भर्ना गरेका छन् ।

बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.