धनगढी, ७ असोज/ कांग्रेस धनगढी उपमहानर कार्यसमिति कैलालीको कार्यवाहक सभापति डण्डीराज सुवेदीलाई दिएको छ । यज्ञराज उपाध्याय काँग्रेसको धनगढी उपमहानगरको सभापति हुन् । सभापति उपाध्याय संस्थापन ईतर देउवा समुहमा सकृय भएपछि उनलाई जिम्मेबारीबाट हटाएको हो ।
नेपाली कांग्रेस कैलालीका कार्यवाहक सभापति भीम बडुवालले धनगढी उपमहानगरपालिकाको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पार्टीका सचिव डण्डीराज सुवेदीलाई दिएका हुन् । काँग्रेस कैलालीका उपसभापति रहेका भिम बडवालले पनि असोज ६ गते मात्रै कैलालीको कार्यबहाकको जिम्मेबारी पाएका हुन् ।
बडुवालले असोज ७ गते जारी गरेको पत्र मार्फत नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पालिका स्तरीय अधिवेशन केन्द्रीय तालिका अनुसार सम्पन्न गर्न सुवेदीलाई अधिवेशनको सभापतित्व गर्ने जिम्मेवारी तोकेका हुन् । यसअघि कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारी दिइएको थियो ।