धनगढी, ९ असोज / नेपाली कांग्रेसले कैलालीका १३ वटै पालिकामा अधिवेशन सकाएको छ । अधिवेशनबाट सबै क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ ।
कैलालीको १० पालिकामा असोज ७ गते अधिवेशन सुरु भएको थियो । अन्य पालिकामा भने ८ र ९ गते अधिवेशन गरिएको नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए ।
कांग्रेसको धनगढी उपमहानगरमा गजेन्द्र सिंह, गोदावरी नगरपालिकामा रवीन्द्र शाही (गुड्डु), गौरीगंगामा हृदय थापा, लम्कीमा मायाराम धमला, टीकापुरमा झनक तिमिल्सेनाले नेतृत्व पाएका छन् ।
भजनीमा अनिता चौधरी, घोडाघोडीमा लालबहादुर शाही, कैलारी गाउँपालिकामा सोनुराम चौधरी, बर्दगोरीया गाँउपालिकामा कृष्ण बिष्ट, जानकी गाउँपालिकामा श्याम चौधरी, मोहन्याल गाँउपालिकामा गणेश घर्तीमगर, जोशीपुर गाँउपालिकामा राजकुमार चौधरी, चुरे गाँउपालिकमा खगेन्द्र खडायत सभापति निर्वाचित भएका छन् ।