धनगढी ९ असोज/बर्षाका कारण नेपाली कांग्रेस कैलालीले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मिति सारेको छ । बुधबार साँझ देखी कैलाली लगाएत सुदूरपश्चिममा बर्षा भैरहेको छ ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन समिति कैलालीको असोज १० गतेका लागि तय गरिएको क्षेत्रीय अधिवेशन असोज १२ गते का लागि सारिएको जिल्ला निर्वाचन अधिकृत वीरेन्द्रकुमार खत्रीले जानकारी दिएका छन् । कैलाली ५ वटा क्षेत्र छन् ।
जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानअनुसार देशभर केही दिन थप भारी वर्षा भई मौसममा प्रतिकूल अवस्था सिर्जना भएकोले अधिवेशनको मिति परिवर्तन गरिएको जिल्ला निर्वाचन अधिकृत खत्रीले बताएका छन् । नयाँ कार्यतालिका अनुसार कैलालीमा प्रदेशसभा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १२ गते बताईएको छ ।