डडेल्धुरा , ९ असोज / डडेल्धुराको भागेश्वर गाउँपालिका–५, सिराडस्थित श्री शारदा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा इश्वरी कुमारी भाटलाई छात्रवृत्ति रकम हस्तान्तरण गरिएको छ।
कक्षा ८ मा अध्ययनरत भाटलाई सेवा र विकासका लागि युवाको आयोजना तथा ओरेगन नेपाली समाजको सहयोगमा नगद १५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्रेम बोहरा, विद्यार्थी परिषद्का पूर्व केन्द्रीय सदस्य तथा नेपाल प्रथम राष्ट्रिय अभियानका केन्द्रीय सदस्य सन्दिप महरा, विद्यालयका प्रधानाध्यापक विनोद देउवा, शिक्षक–कर्मचारी, विद्यार्थी तथा छात्रवृत्ति प्राप्तकर्ता इश्वरी कुमारी भाटलगायत २५ जनाभन्दा बढीको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अध्ययनमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।