धनगढी,१६ मंसिर । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी टीका चौधरी भुलले पदभार ग्रहण गरेकी छन् । जिल्ला समन्वय समिति कैलालीमा आज उनले पदभार ग्रहण गरेकी हुन् । तत्कालीन जिल्ला समन्वय समिति प्रमुखको निधन भएपछि उपनिर्वाचन भएको थियो ।
प्रमुखका लागि कांग्रेसको तर्फबाट भुल र नागरिक उन्मुक्ति पार्टीको रुक्मति थारु गरी दुई जनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भुल जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । उनी कैलारी गाउँपालिका –२ को वडा सदस्य थिइन्।