धनगढी,१५ मंसिर । धनगढी उपमहानगरपालिकामा विकास निर्माणका क्षेत्रमा सञ्चारकर्मीहरूको योगदान महत्त्वपूर्ण रहेको जनाइएको छ । स्थानीय तहका प्रतिनिधिहरूका अनुसार विकास निर्माण, रोजगारी सिर्जना, र सामाजिक सेवामा सञ्चारकर्मीहरूले आम नागरिकलाई सही सूचना पु¥याउन र जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
धनगढी उपमहानगरपालिकामा वडा १८ का अध्यक्ष भुवन रिजालले जनताको आवश्यकता र समस्यालाई सम्बोधन गर्दै स्थानीय तहले स्वास्थ्य, शिक्षा, र रोजगारी सिर्जना जस्ता क्षेत्रमा सुधारको प्रयास गरिरहेको बताए। उनले भने, “समस्या परेको क्षेत्रमा हस्तक्षेप गर्दै समाधानका उपाय खोजिरहेका छौँ। यसबाट नागरिकलाई विश्वास दिलाउन सफल भएका छौँ।“
कार्यपालिका सदस्य निसा औझीले महिलाहरूको सशक्तीकरणका लागि शनिबारिया मेला आयोजना गरी उनीहरूलाई स्वरोजगारमा प्रोत्साहित गरिएको जानकारी दिइन्। उनका अनुसार, “स्थानीय महिलाहरूले आफ्ना सीपलाई उपयोग गरी आयआर्जनका बाटाहरू खुलेका छन्।“
त्यसैगरी, वडा नं। ३ का अध्यक्ष राजबहादुर ऐरले सामाजिक सेवामा धनगढीले उदाहरणीय कार्य गरिरहेको बताएका छन् । उनले भने “ धनगढी उपमहानगरपालिकाले मृत्कका परिवारलाई आर्थिक सहयोग गर्ने पहिलो हो । बिस्तारै अरुले पनि लागु गर्दैछन् । काठमान्डौ महानगरपालिकाले पनी लागु गरेको छ । ” भौतिक र मानवीय विकासका लागि धनगढी उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । धनगढीमा विकासले गति लिएको बताउदै,“कुनै पनि विकासको काम र योजना पहुँचको भरमा दिइएको छैन ।”
वडा अध्यक्ष भगीराम चौधरीले कुलतमा फसेका बालबालिकाहरूलाई सुधार्नका लागि फूलबारीमा सुधार केन्द्र स्थापना गरिएको र कृषिलाई प्राथमिकतामा राखेर रोजगारी सिर्जनामा सहयोग पु¥याइएको बताए। उनले भने “धनगढी उपमहानगरपालिकाका वडाहरूले प्राथमिकता र आवश्यकताको आधारमा काम गरिरहेका छौ । ”
सञ्चारले नीति निर्माण, निगरानी, र जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउँदै आएको छ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव हेमकर्ण विकले भौतिक पूर्वाधार निर्माणमामात्रै नभई शिक्षा, स्वास्थ्य लगायत मानवीय पक्षस्रँग जोडिएको विकासमा ध्यान दिन धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले धनगढीभित्र सरसफाइमा उल्लेखनीय सुधार भएको बताउनुभयो । उनले राम्रो कामको प्रोत्साहन गर्ने र नराम्रो काम भएमा खबरदारी गर्ने पत्रकारको धर्म रहेको बताए
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष भुवन रिजाल, कार्यपालिका सदस्य निशा आउजी लगायतले आफ्नो भनाइ राखेका थिए ।