धनगढी,६ मंसिर । बैतडीको पञ्चेश्वर गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । वडा नम्बर ४ मा रहेको धुरा कैलपाल मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार (आज) र शुक्रबार (भोलि) सार्वजनिक बिदा दिएको हो ।
दुई दिन पालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था लगायतमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । धुरा कैलपाल मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा जात्रा लाग्ने गर्दछ ।
