• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा १० महिनाको अवधिमा २८ प्रतिशत मात्रै बजेट खर्च

धनगढी, ६ जेठ / सुदूरपश्चिम प्रदेश सरकारले १० महिनासम्म खर्च गरेकोभन्दा दोब्बर बढी बजेट अझै खर्च गर्न बाँकी छ । चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामात्रै बाँकी रहेको बेला प्रदेश सरकारले अझै २४ अर्ब ११ करोड ७८ लाख रुपियाँ बजेट खर्च गर्न बाँकी रहेको हो । कुल ३३ अर्ब ४५ करोड ५१ लाख रुपियाँ बजेट रहेकोमा वैशाख मसान्तसम्म (१० महिनामा) प्रदेश सरकारले नौ अर्ब ३३ करोड ७३ लाख रुपियाँ मात्रै बजेट (२७.९१ प्रतिशत) खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार १० महिनासम्म सरकारले पुँजीगत बजेट चार अर्ब १७ करोड ७३ लाख रुपियाँ खर्च गरेको छ । पुँजीगततर्फ १९ अर्ब ८३ करोड ८५ लाख रुपियाँ बजेट विनियोजन गरेको सरकारले हालसम्म कुल विनियोजनको २१.०६ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । यसै गरी चालुतर्फ १३ अर्ब ६० करोड ६६ लाख रुपियाँ बजेट छुट्याएको सरकारले हालसम्म पाँच अर्ब १६ करोड (३७.९२ प्रतिशत) रुपियाँ बजेट खर्च गरेको छ ।

जेनजी आन्दोलन र निर्वाचनका कारणले समयमा काम हुन नसक्दा खर्च प्रगति कम रहेको आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए ।उनले हरेक आर्थिक वर्षमा योबेला अहिलेकै हाराहारीमा खर्च भएको देखिने गरेको उल्लेख गर्दै भुक्तानी अन्तिम दुई महिनामा लिने गरिएको बताए ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिकाले ५७.७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले ४२.१० प्रतिशत बजेट खर्च गरेको छ । यसै गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ३३.४७ प्रतिशत, आर्थिक मामिला मन्त्रालयले ३६.५३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २८.८४ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २१.०५ प्रतिशत बजेट खर्च गरेको छ ।

विकासे अड्डाका रूपमा परिचित तथा सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले हालसम्म २४.३८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ३५.८६ प्रतिशत बजेट खर्च गरेका छन् । प्रदेश योजना आयोगले २९.५९ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले अर्थ वित्तीय व्यवस्था र अर्थ विविधमा छुट्याएको बजेट भने हालसम्म खर्च हुन सकेको छैन ।

बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.