• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

यातायात क्षेत्रका मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउन माग

धनगढी, ३ जेठ /   सरकारले कामदारको न्यूनतम पारिश्रमिकसम्बन्धी मापदण्ड बनाएको भए पनि त्यसको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । विशेषगरी यातायात क्षेत्रका मजदुरहरूले न्यूनतम पारिश्रमिकसँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराइएको भन्दै आपत्ति जनाएका छन् । सुदूरपश्चिमका यातायात मजदुरहरूले राज्यले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै सबै मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध गराउन माग गरेका छन् ।

मजदुर नेतृत्वले मजदुरको सुरक्षा, सम्मान र श्रम अधिकार सुनिश्चित गर्न सरकार तथा व्यवसायी गम्भीर नभएको गुनासो गरेका छन् । यातायात क्षेत्रमा कार्यरत मजदुर र उनीहरूको परिवारको सुरक्षाका लागि सबै मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्दले बताए । उनले मजदुरहरूले अझै पनि न्यूनतम पारिश्रमिक, बीमा तथा सामाजिक सुरक्षाको सुविधा नपाएको गुनासो गरे ।

नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट० सुदूरपश्चिम अध्यक्ष जितबहादुर मल्लले यातायात क्षेत्रसँगै सबै क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताए । उनले कोषमा आबद्ध हुँदा मजदुर र व्यवसायी दुवैलाई दीर्घकालीन लाभ पुग्ने उल्लेख गर्दै यसको कार्यान्वयन अनिवार्य हुनुपर्ने धारणा राखे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राईले चालक तथा सहचालकको सम्मान, सुरक्षा र अधिकार सुनिश्चित नगरी यातायात क्षेत्रको सुधार सम्भव नहुने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा मजदुर र मालिक दुवैले नियमित योगदान गर्नुपर्ने उल्लेख गर्दै यातायात नीति परिमार्जन, सडक सुरक्षा नीति लागू तथा व्यवहारिक सुधार आवश्यक रहेको धारणा राखे ।

मजदुर नेतृत्वले यातायात क्षेत्रमा कार्यरत मजदुर अझै असुरक्षित अवस्थामा काम गर्न बाध्य रहेको बताएका छन् । न्यूनतम पारिश्रमिक कार्यान्वयन, सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता तथा सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा मजदुर नेतृत्वको जोड छ ।

कार्यक्रममा ढुवानी व्यवसायी खगेश्वर बोहराले आफ्नै संस्थाबाट सामाजिक सुरक्षा कोषमा आबद्धता सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्टिय महासघंका केन्द्रिय उपाध्यक्ष डम्मर पन्त, सुदुरपश्चिम सयोंजक टेकराज जोशी, सुदुरपश्चिम यातायात प्रा।लीका अध्यक्ष पदम सापकोटा लगायतले सुभकामना मन्तब्य राखेका थिए ।

 

आइतबार, जेठ ०३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.