• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चट्याङले बैतडीमा पशुचौपाया मरे, विद्युत् अवरुद्ध

 बैतडी । बैतडी जिल्लाका विभिन्न स्थानमा चट्याङ पर्दा पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–२, देहिमाण्डौमा सोमबार दिउँसो करिब साढे ३ बजे चट्याङ पर्दा स्थानीय भुवन बोहराका दुई वटा बाख्रा मरेका छन् । वनबाट बाख्रा चराएर घरतर्फ फर्काउँदै गरेका बेला परेको चट्याङबाट अर्को एक बाख्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

त्यसैगरी, सुर्नया गाउँपालिका–७, झार्कुमा मंगलबार बिहान करिब साढे ३ बजे स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्रा मरेका छन् । घटनाको जानकारी वडा सदस्य लालबहादुर महराले टेलिफोनमार्फत प्रहरी चौकी शंकरपुरलाई गराउनुभएको थियो । त्यसपछि प्रहरी वरिष्ठ हवल्दार पदम धामीको नेतृत्वमा दुई जनाको टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बल्देव बडुका अनुसार दुवै घटनामा मानवीय क्षति भने भएको छैन ।

सोमबार आएको हावाहुरी र चट्याङका कारण जिल्लाको विद्युत् प्रणालीमा क्षति पुग्दा सोमबारदेखि नै जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द हुँदा स्थानीयको दैनिक जनजीवन, सञ्चार सेवा र कामकाज प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनका लागि मर्मत कार्य गरिरहेको जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.