• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरका साढे ७४ हजार बढी परिवार लालपुर्जाविहिन

धनगढी: कञ्चनपुरका झण्डै ७४ हजार बढी परिवार जग्गाधनी प्रमाण पत्र९लालपुर्जा० बिहिन छन । जिल्लामा भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी लालपुर्जा बिहिन भएका हुन्। जमिन भएर पनि ६७ हजार, ७६४ लालपुर्जा बिहिन, भुमिहिन दलित २ हजार ७७२, भूमिहिन सुकुमबासी ४ हजार ६८ परिवार अझैपनि जमिनको मालिक बन्न सकेका छैनन । यसरी परिवेसमा सरकारले भूमि आयोगका पदाधिकारी पदमुक्त गरेसंगै कञ्चनपुरमा पनि भूमि सम्बन्धीको काम ठप्प भएको छ।

भूमि समस्या समाधान आयोग कञ्चनपुरले लगत संकलन, प्रमाणिकरण, नापजाँच गरेपछि अन्तिममा जग्गा धनी प्रमाण पत्र९लालपुर्जा० वितरण कार्य अन्तिम चरणमा पुगेको भएपनि आयोगका पदाधिकारी हटाउँदा कामकाज प्रभावित भएको हो । भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले निवेदन संकलन, पहिचान, प्रमाणीकरण र नक्साकन कार्य ८०प्रतिशत पुरा भएको बताए ।

अध्यक्ष पन्तले आगामी पुष मसान्तसम्ममा २५ हजार परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी भएपनि सरकारले आयोग विघटन गरेसंगै कञ्चनपुरमा लालपुर्जा वितरणको काम रोकिएको बताए । ‘हामीले सरोकारवालासंग समन्वय सहकार्य गरेर तिव्र रुपमा कामकाज अघि बढाएका थियौँ, ‘अध्यक्ष पन्तले भने, ‘१५ महिने कार्यकालमा पनि अदालती मुद्दादेखि चुनावले प्रभाव पारेपनि छुटफुट निवेदन संकलन, प्रमाणिकरण, नापजाँचदेखि लालपुर्जा वितरण कार्य गरेका थियौँ, अनि बाँकी पुर्जा वितरण कार्यमा थियौँ ।’ अध्यक्ष पन्तले नीतिगत, कानुनी, प्रशासनिक, प्राविधिकले कामकाजमा चुनौती थपिएको बताए ।

कञ्चनपुरमा साढे ७४ हजार बढी भूमिहिन रहेको एक तथ्यले जनाएको छ । भूमि समस्या समाधान आयोगको तथ्याङ्क अनुसार जिल्लाभरी ७४ हजार, ६ सय चार परिवार भूमिहिन रहेका छन । जमिनको स्वामित्व नभएका र भूमिहिन रहेका नागरिकले आयोगमा फारम भरेका हुन । जिल्लाका ९वटै पालिकामा क्रमस भुमिहिन दलित २ हजार ७७२, भूमिहिन सुकुमबासी ४ हजार ६८ र अव्यवस्थित बसोबासी ६७हजार, ७६४ले फारम परेका छन ।

दोधाराचाँदनी क्रमस भूमिहिन दलित १७६, सुकुमबासी २६०, अव्यवस्थित बसोबास ४ हजार, ४०३ गरेर ३हजार, ९९७, भीमदत्त नगरपालिका भूमिहिन दलित ९२२, सुकुमबासी ९९१, अव्यवस्थ्ति बसोबासी ६ हजार, २८३ गरेर ८ हजार, १९६, बेदकोट नगरपालिका भूमिहिन दलित ३०८, सुकुमबासी २०५, अव्यवस्थित बसोबासी नौ हजार २१ गरेर नौ हजार पाँच सय ३४, शुक्लाफाँटा नगरपालिका भूमिहिन दलित १९३, भूमिहिन १५४, अव्यवस्थित बसोबासी ११ हजार, ४८९ गरेर ११ हजार ८३६, कृष्णपुर नगरपालिका भूमिहिन दलित १०५, भूमिहिन १हजार, ११०, अव्यवस्थित बसोबासी १६ हजार, ४७८ गरेर १७ हजार, ६९३, पुर्नवास नगरपालिका भूमिहिन दलित ७७१, सुकुमबासी ८७५, अव्यवस्थित बसोबासी ६हजार, ७६० गरेर ८हजार, ४०६, बेलौरी नगरपालिका भूमिहिन दलित ११८, सुकुमबासी १८८, अव्यवस्थित बसोबासी ५हजार ३सय, बेलडाँडी गाँउपालिका भूमिहिन दलित १५७, सुकुमबासी १९५, अव्यवस्थित बसोबासी ४ हजार ४०३ गरेर ४ हजार ७५५ र लालझाडी गाँउपालिका भूमिहिन दलित २२, सुकुमबासी ९०, अव्यवस्थित बसोबासी ४ हजार, ४६९ गरेर ४ हजार ५८१ नागरिकले फारम भरेका छन ।

लगत संकलन भएर प्रमाणिकरण कार्य सम्पन्न भएका क्रमस भूमिहिन सुकुमबासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी दोधाराचाँदनी ३ हजार, ७०२, भीमदत्त ८ हजार, १८२, बेदकोट ९हजार ४६७, शुक्लाफाँटा ६ हजार ५३, कृष्णपुर ८ हजार १८८, पुर्नवास ८ हजार, ४०८, बेलौरी ५ हजार, ४३९, बेलडाँडी ४ हजार, ७६५ र लालझाडीमा ४ हजार ४५१ प्रमाणित भएका छन ।

जिल्लाभरी भूमिहिन सुकुमबासी २हजार ७२९, भूमिहिन दलित २४सय र अव्यवस्थित बसोबासी ५३ हजार, ५०६परिवार प्रमाणित भएका हुन । हालसम्म जिल्लाभरी ६०हजार ५३।८हेक्टर जमिन नापजाँच भएको छ । जसमध्ये ४०हजार, ८६८ कित्ता माग भई कायम भएको, नापनक्सा गरिएको भूमिहिन सुमुमबासी ९५परिवार, नापनक्सा भुमिहिन दलित ९५ र ३२ हजार, १९९अव्यवस्थित बसोबासीको जमिन नापजाँच गरिएको हो । पछिल्लो १५ महिनाको अवधिमा लालपुर्जाका लागि फारम भरेका ४ हजार, ९८५मध्ये निर्णय भएर ४सय ९६ मध्ये ९६परिवारले लालपुर्जा पाएका छन । बेलडाँडीमा ५ र बेदकोटमा ९१ लालपुर्जा पाएका हुन । नागरिकले अब भूमि सम्बन्धीको समस्या धेरै माथि पुगेकाले क्रमिक रुपमा अघि बढाउनुपर्नेमा जोडदिएका छन ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.