कञ्चनपुर, २८ वैशाख / कञ्चनपुरमा स्कारपियोको ठक्करबाट एक साइकलयात्री घाइते भएका छन्। सोमबार साँझ शुक्लाफाँटा नगरपालिका–१० झलारी मा लु प्र ०१–००१ च २८०६ नम्बरको स्कारपियोले साइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरीका जवान ओमबहादुर चन्द घाइते भएका हुन्।
घाइते चन्द सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत ३५ नम्बर शैलेश्वरी गणमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए। उनका अनुसार घाइते चन्दको झलारीस्थित टी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।
उनको अवस्था मध्यम रहेकोछ। स्कारपियो चालक नरेश पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
