धनगढी, २८ वैशाख / बर्दिया राष्ट्रिय निकुञ्जमा भएको बस दुर्घटनाका घाइतेको परिचय खुलेको छ । दुर्घटनामा घाइते हुनेहरूमा डडेल्धुराको भागेश्वर गाउँपालिका-४ की ३० वर्षीया उर्मिला भट्ट दुवै हात र खुट्टामा चोट लागेर मध्यम अवस्थामा रहेकी छन् । ३६ वर्षीया निलम भट्टको अनुहारमा चोट लागेको छ । बझाङको केदारस्युँ गाउँपालिका-५ का ३२ वर्षीय भक्तबहादुर धामीको दाहिने हात र खुट्टामा चोट लागेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-७ हल्दुखालकी २५ वर्षीया रमिता बिष्टको कम्मरमा चोट लागेको छ भने उनको स्थानीय आरम्भ क्लिनिकमा उपचार भइरहेको छ । कैलाली घोडाघोडी नगरपालिका-३ की २२ वर्षीया लक्ष्मी बोहरा सामान्य घाइते भएकी छन् ।
त्यस्तै, लम्कीचुहा नगरपालिका-१ अमौरीका १९ वर्षीय जीवन रावल, डडेल्धुराको अमरगढी नगरपालिका-९ का ३२ वर्षीय चेतराज जोशी, धनगढी उपमहानगरपालिका–३ का ३० वर्षीय नरेन्द्र नाथ, टीकापुर नगरपालिका-१ का २२ वर्षीय विशाल मगर, बझाङ मष्टा गाउँपालिका-४ का १८ वर्षीय राजेश जोशी, अछाम साँफेबगर नगरपालिका-११ का १९ वर्षीय युवराज दास र मेल्लेख गाउँपालिका-१ का १७ वर्षीय दिनेश धामी सामान्य घाइते भएका छन् ।
अछाम रामारोशन गाउँपालिका-३ मुजाबगरकी १९ वर्षीया लक्ष्मी खत्री दुवै खुट्टामा चोट लागेर मध्यम अवस्थामा छिन् । बैतडी मेलौली नगरपालिका-१ का २६ वर्षीय अनिलसिंह नायक सामान्य घाइते भएका छन् ।
दुर्घटनामा सवारी चालक डडेल्धुराको अजयमेरु गाउँपालिका-३ का २३ वर्षीय सन्तोष मल्ल पनि घाइते भएका छन् । उनको दुवै खुट्टाका औंला, दुवै हातका औंला तथा गर्धनमा चोट लागेको प्रहरीले जनाएको छ ।
यस्तै, बर्दियाको ठाकुरबाबा नगरपालिका-९ भुरीगाउँकी ३६ वर्षीया अमृता खड्का, ४० वर्षीया रिता खत्री, ५४ वर्षीय देवी खड्का, बाजुराको खप्तडछेडेदह गाउँपालिका-१ का २५ वर्षीय केशव नेपाली, कैलाली लम्कीचुहा नगरपालिका–८ का ४२ वर्षीय सुरज टमटा तथा कञ्चनपुर भीमदत्त नगरपालिका-१७ का ३१ वर्षीय मनोज भट्ट पनि घाइते भएका छन् । उनीहरूमध्ये अधिकांशको अवस्था मध्यम रहेको जनाइएको छ ।