धनगढी, २३ वैशाख / कैलालीकाे धनगढीबाट डोटी तर्फ आउँदै गरेको सुपप्र ०२००१ ख १५१० नम्बरको ईभी हाइस जिल्लाको जोरायल गाउँपालिका-२ बुडर बजार नजिक दुर्घटना भएको हो।१६ जना यात्रु बोकेको ईभी हाइस बुधबार बिहान ७:४० बजे भएको उक्त दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरुमा कैलालीको गोदावरी नगरपालिका – १ की २५ वर्षीया निर्मला जोशी, सोही ठाउँकी १४ वर्षीया सपना भण्डारी र ६० वर्षीय जय बहादुर ताम्राकार रहेको प्रहरीले जनाएको छ ।त्यस्तै, दुर्घटनामा गोदावरी नगरपालिका – ११ की १६ वर्षीया शान्ति अवस्थित, सोही ठाउँका ४४ वर्षीय खेमराज भट्टराई र गोदावरी नगरपालिकाकै वडा नम्बर १० की प्रियंका भण्डारी घाइते भएको प्रहरीले जनाएको छ।घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ।
हाइस सडकको दाहिने वालमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।हाइस चालक गोदावरी नगरपालिका८ स्याउलेका अन्दाजी ३४ वर्षीय गणेश बहादुर बादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।