धनगढी, १७ वैशाख/कैलालीको धनगढी उपमहानगरपालिका–३ बिशालनगरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्थानीय तेजबहादुर बिककी श्रीमती ३० वर्षीया नन्दकला बिकलाई मंगलबार साँझ करेन्ट लागेको हो। फ्नै घर अगाडि रहेको नल्काबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।
घाइते अवस्थामै उनलाई उपचारका लागि माया मेट्रो अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायव उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।
