• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मुआब्जा वितरणपछि पनि डडेल्धुरामा सडक स्तरोन्नति भएन

डडेल्धुरा / महाकाली राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम क्षेत्रको बागबजारदेखि उग्रतारा गेटसम्म ३० मिटर चौडा सडक विस्तार गर्ने महत्वाकांक्षी योजना मुआब्जा वितरण र घर संरचना हटाउने काम सम्पन्न भइसकेपछि पनि अझै कार्यान्वयनमा जान सकेको छैन । हालसम्म करिब ६५ करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको सडक डिभिजन कुलपाते, डोटीले जनाएको छ ।

विकासको प्रतीकका रूपमा हेरिएको यो योजना लामो समयदेखि कानुनी जटिलता, बजेट अभाव र प्रशासनिक ढिलासुस्तीका कारण अलपत्रजस्तै अवस्थामा छ । हालसम्म करिब ६५ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण भइसके पनि सडक स्तरोन्नतिको भौतिक प्रगति शून्यजस्तै छ ।

डडेल्धुराको मुख्य बजार क्षेत्र बागबजारदेखि उग्रतारा गेटसम्मको सडकलाई फराकिलो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित योजना अघि बढाइएको थियो । साँघुरो र जीर्ण सडकका कारण दैनिक रूपमा सवारी आवागमनमा समस्या झेल्दै आएका स्थानीयवासीका लागि यो योजना निकै महत्वपूर्ण मानिएको थियो । तर, योजना सुरु भएको वर्षौं बितिसक्दा पनि सडक विस्तारको काम सुरु हुन नसक्दा स्थानीयमा निराशा बढ्दै गएको छ ।

यस योजनाअन्तर्गत सडक क्षेत्रभित्र पर्ने घर तथा जग्गाधनीलाई चरणबद्ध रूपमा मुआब्जा वितरण गरिएको थियो । संघीय सरकारले सडक डिभिजन कार्यालय कुलपाते, डोटीलाई पहिलो चरणका लागि २० करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो । सोही बजेटबाट बागबजार क्षेत्रमा पर्ने १ सय ६ जना घर तथा जग्गाधनीलाई मुआब्जा वितरण गरिएको थियो । दोस्रो चरणमा थप ३० करोड रुपैयाँ उपलब्ध गराइएपछि २ सय ८४ घर तथा जग्गाधनीलाई मुआब्जा प्रदान गरिएको थियो । त्यसैगरी तेस्रो चरणमा २३ करोड रुपैयाँ उपलब्ध गराई बाँकी रहेका घर तथा जग्गाधनीलाई मुआब्जा वितरण गरिएको हो । यसरी तीन चरणमा गरी करिब ६५ करोड रुपैयाँ बराबरको मुआब्जा वितरण सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय कुलपाते, डोटीका सूचना अधिकारी उदय कठायतका अनुसार आर्थिक वर्ष २०८२र८३ मा यस योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, ‘जेन्जी’ आन्दोलनपछि उक्त बजेट रोक्का हुँदा काम अघि बढ्न सकेन । ‘त्यसपछि बजेट व्यवस्थापनका लागि विभागमा फाइल पठाइएको छ र ८० करोड रुपैयाँको बहुवर्षीय योजना स्वीकृत गराउने प्रक्रिया अगाडि बढाइएको छ,’ सूचना अधिकारी कठायतले भने, ‘ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव र बहुवर्षीय स्रोत सहमति नपाउनु हो । आर्थिक वर्ष २०८३र८४ मा बजेट सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाएर काम सुरु गरिनेछ ।’

सोमबार, बैशाख ०७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.