• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा एक महिनामै भयावह संकेत: लागू औषध, आत्महत्या र दुर्घटनाले बढायो चिन्ता

धनगढी, ३ वैशाख /  कैलाली जिल्लामा पछिल्लो एक महिनाको तथ्याङ्कले समाजमा गम्भीर चिन्ताको संकेत देखाएको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको चैत महिनाको प्रगति विवरणअनुसार लागू औषध, आत्महत्या र सवारी दुर्घटनाका घटना उल्लेख्य रूपमा बढेका छन्।

प्रहरीका अनुसार लागू औषध सम्बन्धी गतिविधि नियन्त्रणका क्रममा एक महिनामा ५४ जना पक्राउ परेका छन्। तीमध्ये १ महिला र ५३ पुरुष रहेका छन्। ३७ वटा मुद्दामा उनीहरूलाई कारबाही गरिएको र पक्राउ परेकाबाट चरेस, खैरो हिरोइन, गाँजा तथा ट्याब्लेट बरामद गरिएको जनाएको छ।

अपराधको समग्र चित्र पनि त्यत्तिकै चिन्ताजनक देखिन्छ। सो अवधिमा २०३ वटा अपराधका मुद्दा दर्ता भएका छन् भने ७३ वटा जघन्य तथा गम्भीर प्रकृतिका रहेका छन्। १९२ जना पक्राउ परिसकेका छन् भने अझै ५८ जना फरार छन्। पुराना मुद्दामध्ये ९४ पेन्डिङ रहेकोमा ४ वटा मात्र फछ्र्यौट हुन सकेका छन्।

सबैभन्दा दुःखद पक्ष आत्महत्याको अवस्था हो। एक महिनाको अवधिमा मात्रै २८ जनाले आत्महत्या गरेका छन्। झुन्डिएर ज्यान गुमाउनेको संख्या २५ छ भने विष सेवन गर्ने ३ जना रहेका छन्। मृतकमध्ये पुरुषको संख्या बढी छ। उमेर समूह हेर्दा २१–३० वर्षका युवा सबैभन्दा बढी प्रभावित देखिएका छन्।

सवारी दुर्घटनाले पनि उस्तै त्रासदी निम्त्याएको छ। एक महिनामा ७५ वटा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने १०४ जना घाइते भएका छन्। अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको विश्लेषण छ। ती दुर्घटनामा ९५ सवारी साधन संलग्न रहेका थिए।

यस्तै ट्राफिक कारबाहीमार्फत १ हजार ३३३ सवारी साधनलाई कारबाही गर्दा ११ लाखभन्दा बढी राजश्व संकलन गरिएको छ। भन्सार छली तथा राजश्व चुहावट नियन्त्रणका क्रममा ५२ लाखभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ।

यी चुनौतीबीच प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ। एक महिनामा मात्रै २३९ वटा कार्यक्रम सञ्चालन गरिएको छ, जसमा लागू औषध नियन्त्रण, ट्राफिक सचेतना, आत्महत्या न्यूनीकरण, लैङ्गिक हिंसा तथा साइबर अपराधसम्बन्धी कार्यक्रमहरू समावेश छन्।

प्रहरीका अनुसार सो अवधिमा ४ हजारभन्दा बढी सुरक्षा गतिविधि सञ्चालन गरिएको छ भने २१ वटा आन्दोलनका कार्यक्रम पनि भएका छन्।

समग्रमा हेर्दा कैलालीमा सामाजिक तथा आपराधिक चुनौतीहरू गम्भीर बन्दै गएको देखिन्छ। तथ्याङ्कले मात्र होइन, घटनाको प्रवृत्तिले पनि सरोकारवाला निकाय र समाजलाई थप सजग बन्न संकेत गरेको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.