• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीको शिखर नगरपालिकाले भन्यो- आइतबार विद्यालय बन्द गर्न सकिन्न

धनगढी, ३ चैत /   डोटीको शिखर नगरपालिकाले आइतबार विद्यालय बन्द गर्न नसकिने भन्दै संघीय सरकारलाई पत्राचार गरेको छ । नगर प्रमुख दीर्घबहादुर बलायरले बुधबार संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्राचार गर्दै विद्यालयमा आइतबार बिदा दिँदा वर्षभरि १३८ दिन पनि पठनपाठन हुन नसक्ने देखिएको भन्दै स्मरण गराएका छन् ।

संघीय सरकारको निर्णयअनुसार आइतबार बिदा दिँदा नगरपालिका र विद्यालयलाई शैक्षिक सत्रको कार्य योजना तथा कार्य पात्रो बनाउन नै धेरै कठिन भएको मेयर बलायरको पत्रमा उल्लेख छ । बिदाको हिसाब–किताब नगरपालिकाको पत्रमा आइतबार बिदा दिँदा वार्षिक विद्यालय क्यालेन्डरको हिसाब–किताब नै गरेर पठाइएको छ ।

जसमा वर्षका ३६५ दिनमध्ये ५२ दिन शनिबार बिदा हुने र त्यसमा ५२ दिन आइतबार थपेपछि प्रदेशका ३२ सार्वजनिक बिदा जोडेर १३६ दिन हुने खुलाइएको छ । यस्तै शिक्षा नियमावली २०५९ को नियम ८५ (२) अनुसार घटस्थापनादेखि पूर्णिमासम्म पाँच दिन दसैं बिदा, नियम ८५ (३) अनुसार हिउँदे वा वर्षे वा दुवै गरी ४५ दिन बिदा, नियम ८५ (४) अनुसार विद्यालयले थप ५ दिन स्थानीय बिदा दिनसक्ने भएकाले यी बिदा मात्रै थप ५५ दिन हुने कानुनी प्रावधान नै रहेको पत्रमा भनिएको छ ।

‘यसरी विद्यालय खुल्ने दिन १७४ मात्र बाँकी रहन्छ,’ पत्रमा भनिएको छ । यस्तो अवस्थामा शिक्षा नियमावलीको नियम ८४ (५) अनुसार कम्तीमा २२० दिन विद्यालय खुल्नुपर्ने भन्ने कानुनी प्रावधान नै उल्लंघन हुनेमा मेयर बलायरले शिक्षा मन्त्रालयलाई सचेत गराएका छन् ।

‘नेपालको हालको विद्यालय शिक्षाको पाठ्यक्रम अनुसार कम्तीमा १८०-१९० दिन खुद पठनपाठन हुनुपर्ने गरी निर्दिष्ट गरिएको छ,’ पत्रमा अगाडि भनिएको छ, ‘तर विद्यालय खुल्ने १७४ दिनबाट तीन पटक गरी २१ दिन परीक्षा सञ्चालनका लागि खर्च हुन्छ । वैशाख १५ गते अगाडि र चैत्र परीक्षा समाप्त भएपश्चात् गरी कम्तीमा १५ दिन पठनपाठन हुँदैन ।’

यसरी आइतबार बिदा दिँदा पठनपाठनका लागि १३८ दिन मात्रै बाँकी रहने कुरा पत्रमै हिसाब खुलाएर शिखर नगरपालिकाले शिक्षा मन्त्रालयलाई पठाइएको छ । ‘त्यसमा पनि अतिरिक्त क्रियाकलाप सञ्चालन, परीक्षा तयारी बिदा तथा नतिजा सार्वजनिक, विद्यालयका अन्य गतिविधिहरू, शिक्षकले पाउने बिदा र विद्यार्थीको अनुपस्थितिलाईसमेत मध्यनजर गर्दा एक शैक्षिक सत्रमा खुद पठनपाठनका लागि समय एकदमै न्यून रहने अवस्था देखिन्छ,’ पत्रमा अगाडि भनिएको छ ।

यस्तो अवस्थामा शैक्षिक सत्रको व्यवस्थापन र सञ्चालन निकै कठिन रहने देखिएको पत्रमा भनिएको छ । त्यसैले शैक्षिक सत्र सुरु भइसकेको र नगरपालिका, विद्यालय र शिक्षकहरूले वार्षिक कार्य पात्रो, वार्षिक कार्यतालिका र शैक्षणिक योजना निर्माण गर्नुपर्ने समय भएकाले यथाशीघ्र यो समस्या समाधान गर्न जरुरी रहेको शिखर नगरपालिकाले औंल्याएको छ ।

यो विषयमा नगर कार्यपालिकाको बैठक बसेरै संघीय सरकारलाई राय सुझाव पठाउने निर्णय भएर पत्राचार गरेको मेयर बलायरले बताए । पत्रमा शैक्षिक सत्र व्यवस्थापनको चापलाई हेरेर यथाशीघ्र समस्या समाधान गर्न नगरपालिकाले शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । नभए नगरपालिका आफै निर्णय गरेर संघीय सरकारको निर्णय विपरीत आइतबार पनि विद्यालय खुलाउने तयारीमा रहेको नगर प्रमुख बलायरले बताए ।

‘हामीले हाम्रा विद्यालय र बालबालिकाको चिन्ता छ । वर्षभरि उचित पठनपाठन होस् र त्यसका लागि पर्याप्त समय मिलोस् भन्ने हाम्रो चिन्ता हो,’ उनले भने, ‘सकेसम्म संघीय सरकारले नै यसको समाधान गरोस् भन्ने हाम्रो चाहना हो । नभए संविधानले दिएको अधिकार अनुसार हामी हाम्रो निर्णय गर्न स्वतन्त्र छौं ।’

नगरपालिकाले सो पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी र शिक्षा विकास तथा समन्वय इकाई डोटीलाई बोधार्थ समेत दिएको छ ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.