धनगढी, २ वैशाख / सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले पृथ्वी बहादुर शाहलाई सुदूरपश्चिम प्रदेश युवा परिषद्को सदस्य पदमा मनोनित गरेको छ। मन्त्रालयद्वारा २०८३ वैशाख २ गते जारी पत्रअनुसार सुदूरपश्चिम प्रदेश युवा परिषद् (गठन) आदेश, २०७७ को दफा ५ को उपदफा (१) को खण्ड (छ) बमोजिम मन्त्रीस्तरीय निर्णयबाट शाहलाई परिषद् सदस्यमा मनोनित गरिएको हो।
उक्त आदेशको दफा ५ को उपदफा (३) अनुसार तोकिएको अवधिका लागि उनलाई जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रचलित कानुनको अधीनमा रही तोकिएको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न शाहले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। शाह अछामको बान्निगढी जयगढ गाउँपालिका-६ का निवासी हुन्।

