धनगढी/नेपाली कांग्रेस कैलालीका नेता तथा महाधिवेशन प्रतिनिधि रामबहादुर कलेलको आज निधन भएको छ। धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गौरीगंगा नगरपालिका–७ का स्थायी बासिन्दा कलेल लामो समयदेखि मुटु तथा कलेजोसँग सम्बन्धित रोगबाट पीडित रहनुभएको थियो। उहाँ नेपाली कांग्रेसका एक सक्रिय, इमानदार र निष्ठावान नेताका रूपमा परिचित हुनुहुन्थ्यो।
कलेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै नेपाली कांग्रेस कैलालीले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।
स्वर्गीय कलेलको अन्तिम संस्कार आइतबार बिहान १० बजे गौरीगंगा–७ स्थित मठघाट नदीमा गरिने जनाइएको छ।
