बझाङ , १६ पुस / बझाङमा बुधवार आगलागी हुँदा गाई, गोरु र भैँसी जलेर मरेका छन्।
तलकोट गाउँपालिका – ४ लोकण्डका हाजिरी रोकायको २ तले ४ कोठे पत्थरले छाएको कच्ची घरमा खाना पकाउने चुलोबाट आगलागी हुँदा एक गाई, एक भैँसी र एक गारुको जलेर मृत्यु भएको हो ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।