• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आज सुदूरपश्चिममा ठूलीरात अर्थात पुषे पन्ध्र मनाइदै

बैतडी, १५ पुस / आज पौष १५गते , सुदूरपश्चिममा ठूलीरात अर्थात पुषे पन्ध्र पर्वका रुपमा धुमधामसँग मनाइँदैछ । आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राति मिठो–मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय संस्कृतिकका जानकार देवदत्त भट्टले बताए ।

‘पुस १५ लाई ठूलीरातको रुपमा मनाउने चलन छ । पहिला पहिला उखु पेलेर आजको रातभरी गुड बनाउने,आइना, बातै हाल्ने चलन थियो । तर पछिल्लो समयमा यी चलनहरु हराउँदै गएका छन् ।’उनले भने, ‘पुस १५ को रातमा रामायण, महाभारत जस्ता धार्मिक ग्रन्थहरु बाचन गर्ने, गाउँका मान्छे एकै घरमा जमा हुने चलन रहेको थियो ।’

पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको छ भने घिउमा पकाएका सेलरोटी,माँडा खाने चलन पनि रहेको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । उनले भने ‘पुसको महिना धेरै चिसो हुने भएकाले चिसोबाट बच्नका लागि घिउमा पकाएका खानेकुरा खाने चलन रही आएको छ ।’

आजको दिन धेरै ठाउँमा वनभोज गर्ने चलन पनि रही आएको छ । यद्यपि पछिल्लो समयमा यो चलन हराउँदै गएको छ । पुस महिनाको १५ गते रातिको समयमा गाउँका सबै मानिसहरु एकै ठाउँमा जमा भएर ‘आइना–बातै’हाल्ने चलन रहेको भएपनि यो चलन पछिल्लो समयमा हराइसकेको डडेल्धुराको भागेश्वरकी कमला बोहराले बताइन् । उनले भनिन् ‘पहिलाको जस्तो पुसे १५ को रौनक छैन् । मिठा परिकार बनाएर एकै ठाउँमा बसेर खाने चलन थियो । ‘आइना,बातै हाल्ने चलन थियो । तर पछिल्लो समयमा यी सबै चलन हराएका छन् ।’

पुस १५ दिन मनाइने पुसे पन्ध्र पर्वमा विवाहित छोरीबेटीलाई पनि घरमा आमन्त्रण गरी भव्य रूपमा स्वागत सत्कार गर्ने चलन रही आएको छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ ।

डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुष १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिनहरु विस्तारै लम्बिँदै जाने र रात छोटो हुँदै जाने गर्दछ ।

मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.