धनगढी ११ पुस / शीतल एकेडेमी धनगढीले ‘शिक्षामा एआईको भूमिका’ शीर्षकमा वक्तृत्व प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा विद्यार्थीहरूले शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, सम्भावना र चुनौतीबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।
एकेडेमीमा अध्ययन र विद्यार्थीहरूको सहभागितामा उक्त प्रतियोगिताको गरिएको थियो। व्यक्तित्व कला प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको एकेडेमीका सञ्चालक कुबेर निशानीले बताए ।
शीतल एकेडेमीले विद्यार्थीहरूको अतिरिक्त विकासलाई लक्षित गर्दै बेलाबेलामा यस्ता सिर्जनात्मक तथा शैक्षिक प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। एकेडेमीमा हाल अङ्ग्रेजी भाषाका कक्षासँगै कम्प्युटर सम्बन्धी कक्षाहरू समेत नियमित रूपमा सञ्चालन भइरहेका छन्।
कार्यक्रम एकेडेमीका सञ्चालक कुबेर निशानीको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा कैलाली बहुमुखी क्याम्पसका पूर्व सभापति यमराज जोशी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन गणेश धामीले गर्नुभएको थियो भने निर्णायकको भूमिकामा रुस्मा भुल रहनुभएको थियो।
कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूसँगै विभिन्न विद्यार्थी नेतृत्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।