• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालतमा रिट

धनगढी /कञ्चनपुरका आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा रिट परेको छ। सुदूरपश्चिम विश्वविद्यालय कानुन संकायका पाँच विद्यार्थीले आरक्षपीडितको पुनर्स्थापनाका लागि उच्च अदालत दिपालय महेन्द्रनगर इजलासमा रिट हालेका हुन् । कानुन संकायका विद्यार्थी ईश्वरदत्त भट्ट, भावना साउद, वसन्ती बोहरा, मुकेश विष्ट र पूजा सुनारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहितका प्रधानमन्त्री कार्यालयसम्मका पाँच सरकारी कार्यालयविरुद्धमा रिट दर्ता गराएका छन् ।

बिहीबार पाँचैजना कानुन संकायका विद्यार्थीले संयुक्त रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँ, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । रिट दर्तामध्ये कानुन संकायका विद्यार्थी मुकेश विष्टले आरक्षपीडितको हालसम्म पुनर्स्थापना नहुँदा रिट दर्ता गरेको बताए । शुक्रबार ११ पुसमा पहिले पेस तोकिएको छ ।

रिट निवेदनमा तत्कालीन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा ०५८ सालमा त्यहाँका बासिन्दाहरूको वासस्थान राज्यले कब्जा गरेपछि शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितहरू (यसपछि आरक्षपीडित भनिएका) विगत २४ वर्षदेखि वासस्थान र सम्पत्तिविहीन भएर बस्न बाध्य जनाएको छ । पीडित हुँदाहुँदै पनि अदालतसम्म आउन सकेका छैनन् त्यसकारण विगत २४ वर्षदेखि आरक्षपिडितहरूमाथि संविधानको धारा १६, सम्मानपुर्वक बाँच्न पाउने अधिकार धारा २५, सम्पत्तिको अधिकार धारा ३७ र आवासको अधिकार हनन भएको भएको छ ।

संविधानप्रदत्त मौलिक अधिकारहरूको उपभोग नपाउँदा कानुनी राज्यको उपहास भएको देखेर कानुन अध्ययनरत विद्यार्थीहरू संविधानको धारा ४६ र १४४ को उपधारा १ बमोजिम अदालतसमक्ष उपस्थित भएर निवेदन दिएको जनाएका छन् । २३औँ आयोगले कञ्चनपुरमा २४ सय ७३ घरधुरी प्रमाणित गरेको थियो । त्यसपछि सुरेन्द्र बम नेतृत्वको आयोगले पीडितको पुनर्स्थापनाका लागि कम्तीमा १० कट्टा जमिन नभए ६० लाख क्षतिपूर्ति दिने प्रस्ताव अघि सारे पनि वन मन्त्रालयमै थन्किएको थियो । २४ वर्षसम्म पनि पीडितको पुनर्स्थापना नहुँदा उनीहरू विभिन्न सरकारी जमिन अतिक्रमण गरेर झुपडीमा बस्न बाध्य भएका छन् ।

 

बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.