• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आधारभूत शिक्षाको गुणस्तरमा जोड

धनगढी / विद्यार्थीको समग्र सिकाइ उपलब्धि राम्रो बनाउनका लागि आधारभूत तहमा शिक्षाको गुणस्तर अझ राम्रो हुनुपर्ने सरोकारवालाले बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले युनिसेफ र ब्रिटिस काउन्सिलको सहकार्यमा सोमबार धनगढीमा आयोजना गरेको आधारभूत सिकाइ सम्बन्धमा नीति संवाद कार्यक्रममा उनीहरूले कक्षा १ देखि ३ सम्म शिक्षाको गुणस्तरलाई थप राम्रो बनाउनुपर्ने बताएका छन् । सम्पूर्ण सिकाइको फाउन्डेसन आधारभूत तह रहेकाले यो तहमा सिकाइ राम्रो भएमा त्यसले माथिल्लो तहमा पनि राम्रो गर्ने उनीहरूले धारणा राखे ।

शिक्षाको पहुँचमा समस्या नरहे पनि गुणस्तरमा ठुलो समस्या रहेको मन्त्रालयका प्रदेश सचिव डा. हेमराज रेग्मीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा आधा घण्टामै विद्यालय पुग्न सकिने विद्यार्थीको सङ्ख्या ९८ प्रतिशत रहेको उहाँको भनाइ छ । प्रदेशमा शिक्षकको पुनः दरबन्दी पहिलो आवश्यकता रहेको औँल्याउदै रेग्मीले भन्नुभयो, “बिचमै विद्यार्थीले विद्यालय छोड्ने दर पनि धेरै छ । तीन प्रतिशत विद्यार्थी अझै शिक्षाको पहुँचबाट बाहिर छन् । यिनीहरू सबैलाई समेटेर शिक्षाको गुणस्तर वृद्धिका लागि हामी सबैले सहकार्य गर्न आवश्यक छ ।”

युनिसेफको अध्ययन अनुसार ९.१ प्रतिशत विद्यार्थीले मात्रै कक्षा ३ का लागि तोकिएको पढाइसम्बन्धी मापदण्ड पूरा गर्ने गरेका छन् । यसै गरी १६.२ प्रतिशत विद्यार्थीले मात्र एक मिनेटमा ४५ वटा शब्द शुद्धसँग पढ्ने गरेका छन् । सो संस्थाका धनगढी फिल्ड अफिसर इन्द्र पन्तले समाज, संस्कृतिलाई सम्बोधन गर्ने हिसाबले सिकाइ नीति बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले फाउन्डेसनमै सिकाइमा सहयोग गर्न आवश्यक रहेको औँल्याउँदै थप्नुभयो, “सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेश प्रदेशमा यस्तो संवाद गरेर सबै ठाउँबाट आएको निष्कर्षले नीति निर्माणमा सहयोग पु¥याउने छ ।”  सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख लोकेन्द्रप्रसाद भट्टले लेखाइ, पढाइ र गणितसम्बन्धी ज्ञान आधारभूत तहमा दिन नसके शिक्षाको गुणस्तर राम्रो हुन नसक्ने बताउनुभयो ।

बुधबार, पुष ०९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.