• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कृष्णपुरको सामुदायिक वन फँडानी प्रकरण :बयान लिने काम अन्तिम चरणमा

  धनगढी ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा मंसिर दोस्रो साता भएको वन फँडानीको विषयमा अनुसन्धानका लागि सामुदायिक वनका पदाधिकारीसँग बयान लिने काम अन्तिम चरणमा पुगेको छ । सामुदायिक वनका अध्यक्षदेखि अन्य पदाधिकारी र सदस्यसँग समेत बयान लिने काम भइरहेको हो । ‘एक हप्ताभित्र अनुसन्धानको काम सकिन्छ, त्यसपछि मुद्दा प्रक्रियामा जान्छौं,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले भने, ‘अहिले बयान लिने काम नै भइरहेको छ ।’ उनले सामुदायिक वनका अध्यक्ष, सचिवलगायत पदाधिकारी र वन फँडानीबारे जानकारी दिने प्रहरीको समेत बयान लिने काम भएको बताए ।

मंसिर ११ गते दिउँसोको समयमा एकरडेढ घण्टाकै अवधिमा गौरीघाट सामुदायिक वनका १ सय ६४ रुख काटिएका थिए । १० हेक्टर हाराहारी क्षेत्रफल रहेको समुदायिक वनमा अब कहीँकतै मात्र रुख बाँकी छन् । चारैतिर बस्तीको बीचमा रहेको सामुदायिक वनमा अहिले वनमाराको झाडी मात्रै छ । दिउँसै ‘फिल्मी शैली’मा वन फँडानी भएपछि डिभिजन वन कार्यालयले सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ । शाहले फँडानी भएको क्षेत्रको अनुगमनदेखि वनका पदाधिकारीसँग बयान लिने काम गरिरहेका हुन् ।

‘हामीले भरिया समात्दा दोषी नउम्कियोस् भन्ने हिसाबले अनुसन्धान गरिरहेका छौं,’ डिभिजन वन प्रमुख डिसीले भने, ‘तर सामुदायिक वनका पदाधिकारीहरु मौखिक रुपमा एउटा कुरा भन्छन्, बयान लिने बेला भागाभाग चल्छ, यस कारण दोषी उम्किने हो कि भन्ने चिन्ता छ ।’

डिभिजन वन कार्यालयका अनुसार गौरीघाट सामुदायिक वनमा १६ देखि ८४ इन्च मोटाइसम्मका खयरका १ सय ३५, २४ इन्चदेखि ६४ इन्च मोटाइ भएका सिसौंका २८ र कञ्जुको १ गरेर १ सय ६४ रुख कटान भएका छन् । कटान भएकामध्ये ६१ गोलिया खयरको १ सय १ दशमलव ५५ क्यूफिट र ४१ गोलिया सिसौंको ८१ दशमलव ०३ क्यूफिट काठ समेत बरामद गरिएको छ । ‘अन्य काठ नभेटिए पनि ठुटाका आधारमा बिगो दाबी गरिनेछ,’ डिसीले भने, ‘अब छिट्टै मुद्दा प्रक्रिया अघि बढ्छ ।’ उनका अनुसार सवडिभिजन वन कार्यालय पिपरैयाका कर्मचारीलाई अहिले कटान भएको काठ र फँडानीमा संलग्नको खोजीमा खटाइएको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका वन फँडानीमा संलग्नको खोजी गर्न कर्मचारीहरु परिचालन गरिएको हो ।

मोहना नदी किनारको बगरमा २०५५ मा स्थानीयले नै बृक्षारोपण गरेर उक्त वन हुर्काएका हुन् । त्यसपछि बेला बेलामा मुक्त कमैया र सुकुम्बासीका नाममा भएको वन अतिक्रमणको प्रयासलाई स्थानीयले नै रोकेका हुन् । २०६२ मा उक्त वन दर्ता भएर समुदायलाई हस्तान्तरण गरिएको थियो ।

मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.