• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

धनगढी, ४ पुस / नेपालमा सबैभन्दा थोरै क्षेत्रमा बढी बाघ रहेको सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएक छ । बाघको पछिल्लो सङ्ख्या र अवस्था अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय बाघ गणना अन्तर्गत बाघ गणनाको तयारी गरिएको हो । नेपालमा तीन वटा क्लस्टर छुट्याएर बाघ गणना गरिँदै छ ।

तेस्रो क्लस्टर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको कार्य हुने निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । गणनाका लागि निकुञ्जका तर्फबाट आन्तरिक सबै तयारी पूरा भइसकेको उहाँको भनाइ छ । “विभागको टोली आएर एक पटक ओरियन्टेसन पनि गरिसकेको छ,” वाग्लेले भने, “हाम्रातर्फबाट गर्नुपर्ने आन्तरिक तयारी पूरा गरिसकेका छौँ ।”

सन् २०२२ मा गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा ३६ वटा बाघ अभिलेख भएका थिए तर निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका छन् । गत वर्ष आन्तरिक अनुगमनमा ४४ बाघ क्यामरा ट्र्यापमा परेकामा यस वर्ष एउटा घटेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । क्यामरामा नपरेको वा मृत्युको कारण यस पटक एउटा बाघ फेला नपरेको हुन सक्ने वाग्लेको भनाइ छ । उहाँका अनुसार निकुञ्जमा दुई वटा बाघ प्राकृतिक कारणले मरिसकेका छन् ।

सानो क्षेत्रफल रहेको शुक्लाफाँटामा बढी बाघ रहे पनि व्यवस्थापनमा समस्या भने नरहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । निकुञ्ज क्षेत्रमा आहारा प्रजातिको घनत्व पर्याप्त रहेका कारण निकुञ्जका बाघले समस्या नगरेको बताइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा आहारा प्रजातिको घनत्व १४६ रहेको छ । आहारा प्रजातिको यो अवस्था नेपालमै सबैभन्दा बढी रहेको सूचना अधिकारी वाग्लेले बताए ।

उहाँका अनुसार बाघलाई हप्तामा ५० केजी जति मासु चाहिन्छ । यो वन्यजन्तुले एक हप्तामा एक पटक सिकार गर्ने गरेको जनाइएको छ । मृग प्रजाति बाघका आहारा प्रजाति हुन् । नेपालमा पाइने छ प्रकारका मृगमध्ये कस्तूरीबाहेक जरायो, बाह्रसिङ्गा, चित्तल, रतुवा र लगुना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने गरेका छन् । बाघ गणनासँगै बाघको आहारा प्रजातिको पनि गणना गरेर घनत्व निकालिने गरेको सूचना अधिकारी वाग्लेले बताए ।

एउटा भाले बाघ ५० देखि ६० वर्गकिलोमिटर र पोथी बाघ २० देखि ३० वर्गकिलोमिटर क्षेत्र बनाएर बस्ने गरेको जनाइएको छ । नेपालमा प्रत्येक चार वर्षको अन्तरालमा बाघको राष्ट्रिय गणना गर्ने गरिन्छ । चितवन, बाँके, बर्दियामा गणना सकेर अन्तिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना हुने राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशीले बताए । उनले भने, “उता गणना सम्पन्न भएपछि मात्रै यहाँ गणना हुने भएकाले दुई महिनापछि मात्रै गणना हुन्छ होला ।” बाघ गणनाका लागि स्वचालित क्यामरासहित निकुञ्जका दुई जना कर्मचारी पनि चितवनतिरै गएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । नेपालमा सन् २०२२ को तथ्याङ्क अनुसार ३५५ वटा बाघ रहेका छन् ।

शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.