• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फेरीले फेरिएको जीवनशैली

धनगढी । बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेका स्वामिकार्तिक खापर र जगनाथ गाउँपालिकाको बीचमा कर्णाली नदी रहेको छ । यसै कर्णाली नदीमा रहेको पुरानो झोलुङ्गे पुलको साहाराले स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय जगनाथ हुँदै कोल्टीमा आउजाउ गर्ने गर्थे ।

पहिला गाउँमा सडक नहुँदा यहाँका स्थानीय भेडाबाख्रा र खच्चरको भरमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे ।अहिले यहाँको स्थानीय सरकारले यहाँका अधिकांश गाउँ बस्तीमा सडक पुगाएको छ ।

कर्णाली नदीमा राखेको फेरीले पछिल्लो समय सवारी साधानलाई वारपार गर्दै आएपछि अहिले ती सडकमा हिउँदको महिना गाडी गुडने गरेका छन् । भेडा घोडा र खच्चर चल्ने गाउँ बस्तीमा अहिले गाडी गुड्न थालेका छन् ।

पछिल्लो समय कर्णाली नदीमा राखेको फेरीले यहाँका स्थानीयको जीवनशैलीमा समेत परिवर्तन ल्याइदिएको छ । यहाँका स्थानीय सरकारले यहाँका अधिकांश वडालाई सडक सञ्जालको पहुँचमा राखेसँगै कर्णाली नदीमा राखेको फेरीले यहाँका स्थानीयको जीवनशैलीमा परिवर्तन आएको हो ।

यो भन्दा पहिला यहाँको स्वामिकार्तिक खापर गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए । अहिले कर्णाली नदीमा राखिएको फेरीले मान्छे मात्र नभई सवारीसाधान समेत वारपार गर्न थालेपछि यहाँका स्थानीयलाई आवतजावतमा गर्न सहज भएको छ ।

अब प्रत्येक गाउँबस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ । गाउँ गाउँमा मोटरसाइकल, ट्याक्टर र जिपलगायतका सवारीसाधन गुड्न थालेपछि अहिले यहाँका स्थानीयको जिवनशैलीमा परिवर्तन आएको स्वामिकार्तिका खापर गाउँपालिकाका बाहुनीका स्थानीय विरभान बिकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बावु बाजेले दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोक्ने गर्थे । अहिले कर्णाली नदीमा राखेको फेरीको साहाराले गाडी वारपार हुन थालेपछि हामी ती सामग्री गाडीमै घरमा ल्याउने गरेका छौ ।”

फेरीले पछिल्लो समय यहाँका स्थानीयको जीवन शैली फेरिएको छ । वर्खाको समय कर्णाली नदीमा पानी धेरै भएकोले त्यति बेला फेरी बन्द हुन्छ । त्यति बेला कर्णाली नदीमा राखेको झोलुङ््गे पुलको साहाराले सामान भरीया मार्फत ल्याउनु पर्ने हुन्छ ।

यस कर्णाली नदिमा पक्की पुल निर्माण हुन पाए यहाँका स्थानीयलाई वर्खाको समय पनि त्यसै पुलमा सामान ढुवानी गर्न निकै सहज हुने थियो । अहिले सम्म यस कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीयले निकै सास्ती खेप्दै आउनु परेको विकले बताउनुभयो ।

स्वामिकार्तिक खापर गाउँपालिका अधिकांश वडा अहिले हामीले सडक पुगाएका छौं । ती सडकमा हिउँदको समय गाडी गुड्ने गर्छन् । कर्णाली नदीमा राखेको फेरीले वडामा गाडी गुड्ने गरेका हुन् । फेरीका कारण अहिले यहाँका स्थानीयको जिवन शैलीमासमेत निकै परिवर्तन आएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समय पहिला सङ्घीय सरकारको १९ करोड लगानीमा हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका–४ को वाईस्थित चुल्लीगाडमा पुल निर्माणको तयारी भइरहेको थियो ।” अहिले फेरि त्यो ठाउँमा पुल क्यान्सिल भएपछि फेरि कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको तल देखि पक्की पुल निर्माणका लागि पहल भइरहेको छ । त्यो ठाउँमा पुल बनेपछि त्यसपछि मात्र यहाँका स्थानीयलाई हिउँद वर्खामै गाडीको सुविधा हुन सक्ने अध्यक्ष रोकायाले बताउनुभयो ।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.