• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

उच्च पदस्थ पदाधिकारीहरूको समन्वयमा जेनजी आन्दोलनमा बल प्रयोगको निर्देशन दिएको हुँ : छवि रिजाल

काठमाडौं, २५ मंसिर / तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले ‘उच्च पदस्थ पदाधिकारीहरू’को समन्वयमा भदौ २३ गते जेनजी आन्दोलनमा आफूहरुले बल प्रयोगको निर्देशन दिएको बताएका छन् । सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले भवनको पर्खाल तोडफोड तथा आगजनी गरी अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाउने र अरु बल प्रयोग गर्नुपरेको जिकिर गरेका हुन् ।

सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा उनले भनेका छन्, ‘पर्खाल तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसदभवन आसपासमा कफ्र्यूको आदेश जारी गरिएको थियो ।’ उनले ती उच्चपदस्थ पदाधिकारी को हुन् भन्ने जवाफमा खुलाएका छैनन् ।

कर्फ्यूपछि प्रदर्शनकारीहरु तितरबितर हुने अपेक्षा भएकोमा स्थिती झनै उत्तेजित बनेको भन्दै उनले जवाफमा भनेका छन्, ‘एकातिर संसद भवन तोडफोड र आगजनीबाट जोगाउन र अर्कोतिर प्रदर्शनका युवाहरुको जीउ ज्यानको सुरक्षा गर्नु दुवै जिम्मेवारी थियो ।’

तत्कालीन सीडीओ रिजालले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन प्रयास गरिरहेका सुरक्षाकर्मीहरुले सिलसिलेवार रुपमा सामान्य बल प्रयोग गरेको, तरपनि स्थिती अनियन्त्रित भएर तनाबपूर्ण भएको जिकिर गरेका हुन् ।

आफूले न्यूनतम बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशित गरिरहेको भन्दै अन्तिम विकल्पको रुपमा मात्रै घुँडाभन्दा तल रबरको गोली चलाउन आदेश दिएको दावी गरेका छन् । तर त्यो दिन अनलाइनखबरसँगको प्रतिक्रियामा भने उनले आफूले गोली नै चलाउन आदेश दिएको बताएका थिए ।

कर्फ्यू लगाउन उच्चपदस्थ पदाधिकारीहरुसँग समन्वय गरेको दावी गर्ने उनले त्यसपछि बल प्रयोगको मात्रा बढाउदा कुन तहको समन्वय थियो भन्ने खुलाएका छैनन् । तर घुडामुनी गोली हान्न भने आदेश दिएको स्विकारेका छन् । र, गोली प्रहार गर्ने घटनामा पनि संसद भवनभित्र खटिएका विशेष सुरक्षा दस्तालाई जिम्मेवार ठहर्‍याएका छन् ।

उनले जवाफमा भनेका छन्, ‘कफ्र्यूको आदेश जारी भए पश्चात् पनि भौतिक सम्पत्ति भन्दा प्रदर्शनमा सहभागी भएका युवाहरूको जीवन महत्वपूर्ण रहेको तथ्यलाई आत्मसात गरी मैले गोली चलाउने (फाइभ फायर गर्ने) आदेश दिएको छैन ।’

आक्रोशित समूहले संसद भवनको चारैतिर तोडफोड र आगजनी गर्न थालेको र त्यहाँ रहेका सुरक्षाकर्मीमाथि हंसात्मक रुपमा जाइलागेको उनको जिकिर छ । संसद भवन परिसरभित्र राष्ट्रिय बाणिज्य बैंक, कानून आयोग, लगानी बोर्डको कार्यलय र झण्डै चालीस हजार लिटर क्षमताको डिजल रिजर्भ रहेको भन्दै उनले त्यसक्रममा ‘बल प्रयोग भएको’ दावी गरेका हुन्।

उनले जवाफमा भनेका छन्, ‘९संसद भवनभित्रको० सुरक्षालाई समेत दृष्टिगत गर्दै भवनको सुरक्षार्थ खटिएका विशेष सुरक्षा दस्ताका सुरक्षाकर्मीहरु र एकीकृत विशेष सुरक्षा योजना बमोजिम खटिएका सुरक्षाकर्मीहरुले तत्काल सिर्जित परिस्थितिको सामना गर्न बल प्रयोग भएको देखिन्छ।’

त्यो दिन संसद भवन वरपर १९ जनाको ज्यान जानेगरी भएको घटनाले आफू पदीय र व्यक्तिगत हिसाबले दुःखित र मर्माहत भएको भन्दै उनले ‘कानून र विवेकको ख्याल गरी काम गरेकाले’ आफूलाई कारवाही गर्न नहुने जिकिर गरेका हुन् ।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.