धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
सोमबार करेन्ट लागेर जोशीपुर गाउँपालिका – ७ घैलाबौनियाका ३६ वर्षीय मिलन डगौराको मृत्यु भएको हो।
घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।