• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

राजधानीमा पढने छोरालाई गाउँबाट बुवाको चिठ्ठी

प्रिय छोरा, 

शुभ आशीर्वाद,

हामी बुढाबुढी गाउँमा आरामै छौं। गाउँको आँगनमा उब्जेको मकै र कोदो जस्तै, हाम्रा सपना पनि तिम्रै वरिपरि उम्रिएका छन। तिमीलाई राजधानीमा पढाउन अन्न बिक्री गर्यौं, तिम्री आमाले लगाएको गहना बिक्री गर्यौं, हामी दुबै बुढाबुढीले सकी नसकी मजदूरी गरेर खर्चको जोहो गरिरहेका छौँ, तिमीले समातेको कलमले हाम्रो बुढ्यौली उज्यालो बनाओस् भनेर।

मलाई भरोसा थियो, तँ फर्केर आउँदा यो गाउँको अँध्यारो हटाउनेछस्। पुर्खाले छोडेको थकाइलाई तेरो ज्ञानले विश्राम दिनेछ। तँ मेरो मात्र छोरो होइन, यो गाउँको सपना होस्, यो देशको आशा होस्। तर तँलाई एउटा कुरा भन्नै पर्छ मैले त्यस्तो देख्न कहिल्यै सोचेकै थिइनँ। हाम्रो पुस्ताले समालेर राखेका पौराणिक तथा पुरातात्विक धरोहर, हाम्रो पुर्खाको सम्झना राख्ने ती वंश परंपरागत ईंट-ढुंगा, आफ्नै पुस्ताले आफ्नै हातले जलाउँछ भनेर। आँखा बन्द गरेर पनि सोच्न सकिनँ कि जेञ्जी भनेर चिनिने तेरो समानका युवा–युवतीहरूले इतिहासमा यति ठूलो क्षति पुर्‍याउँछन् भनेर।

म सधैं पार्टी चौतारामा भनिरहन्थे नयाँ पुस्ता देशको आशा हो, भरोसा हो,उज्यालो हो, भविष्य हो। जब टेलिभिजन र चर्का खबरले देखाइ दियो, धोका भएको जस्तो लाग्यो। म बुढो मानिस, गाउँको धर्तीमा बसेर बडेमानले सोचें कि कसरी यति चञ्चल उर्जा गलत दिशातिर गएको होला? अनि अर्को कुरा मैले त सुनेँ कि कतिपयले प्रयोग गरायो अर्थात् उनीहरूलाई कसैले आफ्नो स्वार्थका लागि नेतृत्व गरायो, तिनीहरूको भावनालाई तताएर बन्दै गरेको विनाशको औजार बनाइयो। यो कुरा सुनिरहँदा मेरो हृदय झन् बल्झेर फुट्ला जस्तो भयो, श्वास रोकिए जस्तो भयो तै पनि समालिए।

प्रिय छोरा, म तेरो उमेरको भावना,पिडा,आक्रोस बुज्दछु तर इतिहास जलाउनु र पुरानो विध्वंस गर्नुले केवल क्षति पुर्‍याउँछ। त्यो क्षतिले त केवल ईंटा ढुङ्गा मात्र होइन, हाम्रो पहिचान, हाम्रो परंपरा र आमाबुवाको स्मृतिलाई पनि जलाउँछ। तेरो हातले यदि ती परम्परा भत्कियो भने, त्यो विरासत काटियो भने, भोलिका पुस्ताले के देखाउनेछ? के भन्नेछन् हाम्रा सन्तानलाई? हाम्रा पूर्वजहरूले के गरे?भनेर जताततै प्रश्नै प्रश्न उभिनेछन्।

मलाई थाहा छ, केहीले तिमीहरूलाई लिलाम गरे, केहीले भावनालाई खेले। “प्रयोग भयौ” भन्ने शब्दले मलाई झन् बढी रुवायो किनकि प्रयोग गर्नेहरूले कहिल्यै जिम्मेवारी लिँदैनन्। उनीहरू देखाउँछन्, तताउछन र पछि सबै कुरा बिर्सिन्छन्। तिमीहरू, जो ताजा उर्जा र आदरभावले भरिएका हौ, त्यस प्रवृत्तिलाई चिन्नुपर्छ। साँचो क्रान्ति भनेको वास्तबमा विनाश होइन, परिवर्तन हो, निर्माण हो, न्याय स्थापना गर्ने बुद्धि र साहस हो।

प्रिय मेरो छोरा, यदि तिमी साँच्चिकै सुधार चाहन्छौ भने हिंसा बाट हट र ज्ञान र संयमको बाटो रोज। इतिहास नाश गरेर इतिहास बनाउन सकिन्न। जिन्दगीभर तिमीलाई त्यो आरोप सम्झन बाध्य बनाउने काम कुनै नलागोस्। तिमीले आफ्नो शक्ति शिक्षा, संगठन, र संवादमा लगाउँदा नै दिगो परिवर्तन ल्याउनेछ। एक बुढो बुवाको बिन्ती छ, घर फर्केर आउ, आफ्नो मन ठीक गर, साथीहरूलाई सम्झाउ, र जुन गल्ती भयो त्यसलाई माफी माग्न हिम्मत गर। क्षमाले बिग्रेको कुरालाई जोड्न सक्छ; परिश्रमले नष्ट भएको चीज पनि पुनर्निर्माण हुन्छ। तर त्यो मात्रै सम्भव हुन्छ जब तिमीहरू आफूलाई प्रयोग गर्नेहरूले होइन, आफ्नो विवेक र नैतिकताले चलाउँछौ।

प्रिय छोरा, जेजस्तो भए पनि गाउँको आँगन अझै पनि तिम्रो हाँसोको प्रतिक्षामा छ। तेरो पढाइका लागि खेतको अन्न बेच्दा, तेरो सपनामा आफ्नो बुढ्यौली बलिदान गर्दा, म सधैं गर्वले छाती फुलाउँथेँ। तर खबरमा तेरो नाम आएको सुन्दा, मुटु भक्कानिन्छ तिमीले उठाउनुपर्ने कलमले, इतिहासमा दाग लगायो कि भन्ने डर लाग्छ। छोरा मान्छेले गल्ती गर्छन् तर गल्तीलाई स्वीकार गर्ने साहसले मात्र मान्छेलाई ठूलो बनाउँछ। मेरो सपना अझै तिमीमै छ। फर्केर आउ, बाटो सुधार, भोलि अझै तेरो हातबाटै यो गाउँको अँध्यारो हटोस्।

उही तिम्रो बुढो बुवा, गाउँबाट ।

लेखक :- भोजराज अवस्थी , भुपि (उहाँ समसामयिक बिषयमा लेख लेख्दै आउनु भएको छ )

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.