• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  सुदूरपश्चिममा लगातारको वर्षा सँगैको बाढी पहिरोले जनजीवन प्रभावित

कैलाली, १७ भदौ /  लगातारको वर्षा सँगै आएको बाढी पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा ठुलो क्षति पुर्‍याएको छ । बाढीले कञ्चनपुरमा दर्जनौँ परिवार विस्थापित भएका छन् भने पहाडी जिल्लामा ठाउँ ठाउँमा सडकमा पहिरो जाँदा यातायात सेवा प्रभावित हुनुका साथै घर समेत भत्काएको छ ।

कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अविरल वर्षापछि आएको बाढीले पटराखल्ला, रामपुरे टापु र जर्का टोलका बासिन्दा डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दोधारा चाँदनी नगरपालिकामा ५२ परिवार र २ बीओपी तथा भीमदत्त नगरपालिकामा ५ परिवार विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार जोगबुडा नदीमा आएको बाढी बस्तीमा पस्दा दोधारा चाँदनी नगरपालिका ८ रामपुरे टापु र जर्गा टोलमा २५ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ । सोही नगरपालिकाको वडा नम्बर ३ को पटेरा खल्लामा पनि जोगबुडाको बाढी पस्दा १५ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा राखिएको छ ।

दोधारा चाँदनी नगरपालिका १० को शान्ति टोलमा पनि बाढी पसेपछि १२ परिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकैको अम्बिका आधारभूत विद्यालयमा राखिएको छ ।

जोगबुडा नदीको बाढीका कारण दोधारा चाँदनीकै वडा नं.१० सुन्दरनगरमा र वडा नं. ७ मा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० पनि विस्थापित भएका छन् । विस्थापित सुरक्षाकर्मीका सामान नजिकैको विद्यालय र खोप केन्द्रमा राखिएको छ ।

प्रहरीका अनुसार महाकाली नदीमा सोमबार साँझ ५ बजेको मापन अनुसार पानीको बहाव २ लाख ३८ हजार क्युसेक पुगेको छ । यो बहाव यस वर्षको हालसम्मकै उच्च हो । महाकालीमा आइतबार साँझदेखि नै नदीमा पानीको बहाव बढेको हो । पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

यसैबिच बैतडीको सतबाझमा आएको पहिरोले एक घर पुरिएको छ । अविरल वर्षापछि सडक खन्ने क्रममा कमजोर बनेको जमिन भासिएर घरमाथिबाट ठुलो पहिरो खस्दा सुर्नया गाउँपालिका वडा नम्बर २ का स्थानीय ग्रीसचन्दको पहिरोले घर पुरिएको बताइएको हो । घर माथिबाट आएको पहिरोले स्थानीय चन्द परिवारको घर पूर्ण रूपमा नष्ट भएको छ । पहिरोका कारण एक जना घाइते भएका छन् । घाइते हुनेमा सुर्नया गाउँपालिका वडा नम्बर २ का स्थानीय गोदावरी चन्द रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

अविरल वर्षासँगै निरन्तर पहिरो आउन थालेपछि डडेल्धुरा र बैतडीमा राती यात्रा गर्न रोक लगाइएको छ । लगातार पहिरो खसिरहेको डडेल्धुरा–डोटी जोड्ने केआई सिंह राजमार्गमा रातिको समयमा सवारी सञ्चालन रोक लगाइएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवा खोलानजिक लगातार पहिरो खसिरहेकाले अर्को सूचना नआएसम्म बेलुकी ७ बजेदेखि बिहान ५ः३० बजेसम्मका लागि यात्रा रोकिएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले सर्वसाधारण यात्रु, चालक तथा सरोकारवाला निकायलाई उच्च सतर्क रहन आग्रह गरेको छ ।

पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी बैतडीका मुख्य राजमार्ग तथा सहायक सडकमा सोमबार राति देखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

गृह मन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको उनले बताए । उनले भने, ‘अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ। त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।’

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.