लवदेब धामी
धनगढी, २५ फगुन / प्रधामन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिमको धनगढीमा आएर धनगढी उपमहानगरपालिकाको सभाहलको उद्घाटन गरेका छन् । प्रधामन्त्री ओलीले सभाहलको उद्घाटन गर्दै सुदूरपश्चिममा विकास भैरहेको बताएका छन् ।
धनगढी उपमहानगरपालिकाको सभाहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको बताए । सुदूरपश्चिममा पहिला र अहिलेको अवस्थालाई हेर्दा ब्यवस्थासँगै अवस्था परिवर्तन भएको अभाष गर्न सकिन्छ । सुदूरपश्चिमका हरेक क्षेत्र शिक्षा , स्वास्थ्य , यतायात सबैमा विकास भएकै छ । केही समूहले जनातालाई भ्रममा पार्ने काम गरिरहेका छन् , यी लोकतन्त्रका लागि घातक भएकाले यस्ता विषयलाई ध्यान नदिन समेत आग्रह गरे ।
केही भएको छैन भन्ने हैन देशमा यति धेरै सुधार भएको देख्नु पर्छ । विकासका हरेक कार्यमा स्थानीय , प्रदेश र केन्द्र सरकारको आवश्क सम्वनय हुनु पर्ने समेत बताए । हामी सबैले अगाडि बढ्नु पर्छ विकास हामी गछौं, अरु कोही गर्दैनन् , हाम्रै पालामा देश समृद्ध बन्छ केही समय मात्रै धैर्य गर्न समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।