धनगढी, २५ फागुन । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को विरोध गरिरहेको विद्यार्थीहरूले विरोध स्थल नजिकै लगाइएका झण्डा हटाएका हुन ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सोही ठाउँमा सडकको डिभाइडरमा लगाइएका झन्डा हटाएका थिए । उनीहरूले झन्डा हटाएपछि नेविसंघका विद्यार्थीले विरोध गरेपछि केही बेर सडक अवरुद्ध समेत भएको थियो ।
कांग्रेस सभापति देउवा भोलि सुदूरपश्चिम आउँदैछन । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न आउन लागेका देउवाको स्वागतमा झण्डा लगाइएका थिए ।
