धनगढी,२५ फागुन ।कैलालीको धनगढीमा २ मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शनिवार धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार स्थित से २ प ३५९० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००१ प १४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा लारी गाउँपालिका–६ का ४०वर्षीय रुपलाल चौधरीको मृत्यु भएको हो ।
सो दुर्घटनामा धनगढी उपमहानगरपालिका–७ पटेला बस्ने ३४ वर्षीय पञ्चराम चौधरी र उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी घाइते भएकी छिन ।घाइतेको नोभा अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटना स्थलमा से २ प ७७४९ नम्बरको मोटरसाइकल समेत पल्टिएको अवस्थामा फेला परेकाले सो मोटरसाइकल र चालकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।