कैलाली, २४ फागुन / नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका युवा नेता दिपेन्द्र बम मनोनित भएका छन् । केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा नेता बमलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् ।
यसअघि कैलालीको जिल्ला अध्यक्ष भइसकेका नेता बमले कैलालीमा तरुण युवाहरुलाई संगठित गरि पार्टीका विभिन्न गतिविधि गरिसकेका छन् । कैलालीको जिल्ला अध्यक्षमा रहेर युवा परिचालनदेखि संगठन विस्तारसम्म गरेको कार्यको मूल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले मलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ, नेता बमले भने,अझ पनि पार्टीका हरेक गतिविधिमा सक्रिय भएर लाग्नेछु ।