• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रचण्डले यी सांसदको सामु सकेन्न प्रचण्ड बन्न

धनगढी, २३ फागुन /  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मगंलबार कैलाली पुगे। थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न मंगलबार बिहान अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर पुगेका थिए। सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराईका २४ जिल्ला तथा उपत्यका विशेष जिल्लाबाट समेत करिब साढे सात सय जना प्रतिनिधि सहभागी थिए ।

अध्यक्ष प्रचण्डले पार्टी केन्द्रिय कार्यालयमा खगराज भट्ट र मान बहादुर धामीलाई बोलाएर आफु सुदुरपश्चिम पुग्नु अघी खगराजलाई दल नेता बनाउन निर्देशन दिएका थिए । तर उनि कैलालीमै पुग्दा समेत उनको निर्देशन फेरी पालना भएन । १२ माघ २०८० मा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएपछि दलभित्रको विवाद सतहमा आएको थियो । धामीसहित संसदीय दलका उपनेता अक्कलबहादुर रावल, प्रदेशसभा सदस्य शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।

त्यो समयमा खगराज समूहमा रमेशसिंह धामी, जानकीदेवी कुँवर र झपटबहादुर साउद मात्रै देखिए । तर, अहिले ओली पनि भट्ट समूहमा छन्, जसका कारण अहिले भट्ट र धामी पक्षमा पाँच९पाँच जना सांसद छन् । धामीलाई हटाएर खगराजलाई दल नेता बनाउन अध्यक्ष प्रचण्डले पाँचपटक निर्देशन दिइसकेका छन् । तर, उनको निर्देशन कार्यान्वयन नभएपछि अघिल्लो बुधबार प्रचण्डले माओवादी केन्द्रका सबै प्रदेश सांसदलाई खुमलटार बोलाएका थिए ।

बुधबारको छलफलमा पनि प्रचण्डले खगराजलाई दल नेता बनाउने निर्देशन कार्यान्वयन गर्न फेरि निर्देशन दिएका थिए । ‘म २० फागुनमा कैलालीको टीकापुरमा आउँछु,’ प्रचण्डले भनेका थिए, ‘म कैलाली पुग्नुभन्दा अगाडि नै दलको नेता फेर्ने मेरो निर्देशन कार्यान्वयन हुनुपर्छ । धेरै दायाँबायाँ मलाई थाहा छैन ।’ तर, प्रचण्डको उक्त निर्देशन पनि कार्यान्वयन भएन । माओवादी केन्द्रका प्रदेशसभा सदस्य शिवसिंह ओलीले दलका नेता धामीले संसदीय दलको बैठकसमेत नबोलाएको बताए । ‘बुधबार अध्यक्षज्यूले कडा शब्दमा निर्देशन दिनुभएको थियो,’ उनले भने, ‘तर, यहाँ त दलको बैठकसमेत बसेको छैन ।’

संसदीय दलका नेता धामीसहित प्रदेशसभा सदस्य अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी माल खगराजलाई नेता बनाउन तयार नभएका हुन् । उनीहरूले पार्टीको प्रदेश इञ्चार्ज रहेका उपमहासचिव गिरिराजमणि पोख्रेललाई हटाएर आफ्नो पक्षका नेताहरूलाई इञ्चार्ज बनाएपछि मात्रै दलको नेता खगराजलाई बनाउने बताएका छन् । उनीहरूले विना मगर, त्रिलोचन भट्ट र लक्ष्मीदत्त जोशीमध्ये कुनै एकलाई प्रदेशको इञ्चार्ज बनाउनुपर्ने माग अघि सारेका छन् ।

शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.