धनगढी, २२ फागुन / सेती प्रादेशिक अस्पताल धनगढीमा एन्टी रेबिज भ्याक्सिन सकिएको छ । एआरभी भ्याक्सिन प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थापन केन्द्रबाट प्राप्त नभए पछि अस्पतालमा उपलब्ध नभएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।
सेवा लिनेको संख्या बढ्दै गएको अवस्थामा आपुर्ति ब्यबस्थापन केन्द्रबाट भ्याक्सिन उपलब्ध नहुँदा निशुल्क दिँदै आएको सेवा प्रवाहमा अवरोध आएको प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा.हेमराज पाण्डेले जानकारि दिए ।
सेती प्रादेशिक अस्पतालबाट एआरभी भ्याक्सिन सेवा दैनिक २५ देखि ३० जना र मासिक ७ सय देखि ७ सय ५० जनाले निशुल्क सेवा लिदै आएका समेत सुचना अधिकारी श्रेष्ठले बताए ।
अब भ्याक्सिन उपलब्ध नहुँदासम्म सेवाग्राही स्वयंमले भ्याक्सिनको जोहो गरेर अस्पतालमा आउनु पर्ने बाध्यता रहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।