धनगढी, २० फागुन / धनगढीमा विपद् जोखिम न्यूनीकरण का प्रादेशिक कार्यमाञ्च सम्बन्धी कार्यशाला कार्यक्रम गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा , मर्सी कोर्पसको प्राविधिक सहयोगमा डिप नेट नेपालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको छ।
सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य डा. गङ्गालाल तुलाधर रहनुभएको थियो। साथै विशेष अतिथिमा पूर्व पश्चिम प्रदेश सभा समाजिक विकास समितिका सभापति धर्मराज पाठक, सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा. कमल प्रसाद पोख्रेल र पूर्व-सचिव तथा विपद् अभियन्ता केदार न्यौपाने लगायत नेपाल प्रहरी, नेपाली सेना, नेपाल सशस्त्र प्रहरी, सञ्चारकर्मीसँगै विभिन्न संघ संस्थामा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विपत जोखिम न्यूनीकरणका प्रादेशिक कार्यमञ्च कार्यशालामा हालसम्मका विश्वका ठूला विपदहरू साथै विपद बाट बच्ने उपायहरु बारे जानकारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का सदस्य डा. गङ्गालाल तुलाधरले दिएका थिए।
योसँगै उक्त कार्यक्रममा विपदबाट बच्ने उपाय, न्यूनीकरणका प्रयास विश्वमा विपत्को अवस्था नीति कानुन योजना र कार्यान्वयनको अवस्था का बारेमा समेत अन्तरक्रिया गरिएको थियो।